Logo

२०८३, आश्विन १०गते


images
images

सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत

सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत

images
  • सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत
    images
    images

    नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा नवआगन्तुक प्रमुख प्रशासकिय अधिकृत दुर्गा पाैडेललाई स्वागत गरिएको छ। बुधबार पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण कार्यक्रममा  अधिकृत पाैडेललाई जनप्रतिनिधि तथा कार्यालयका कर्मचारीको उपस्थितिमा स्वागत गरिएको हाे।

    images
    images
    images

    गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चाैधरी, उपाध्यक्ष बासमति हरिजन सहित कर्मचारीको उपस्थित नवआगन्तुक कार्यकारी अधिकृतलाई स्वागत सम्मान गरेका थिए । 

    images
    images
    images

    स्वागत समारोहमा गाउँपालिकाका अध्यक्ष चाैधरीले सबै मिलेर सरावलको चौतर्फी विकासको गति बढाउनु पर्ने बताए । निर्बाचित जनप्रतिनिधिहरुको जोस जाँगरसँगै कार्यकारी अधिकृतको अनुभवको भरपूर प्रयोग गरि विकास गरिने उनको भनाइ थियो ।

    images
    images
    images

    त्यस्तै कार्यकारी अधिकृत पाैडेलले स्थानीयको सहयोग र समन्वयमा सरावल गाउँपालिकालाई नमूना गाउँपालिका बनाउन आफु प्रतिबद्ध रहेको बताएका थिए । सामाजिक, आर्थिक र राजनैतिक दृष्टिकोणले महत्वपूर्ण यस गाउँपालिकामा कृषि क्षेत्र, पर्यटकीय क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा सम्भावना बोकेको यस गाउँपालिकाको विकास र स्तरोन्नतीको लागि आफु सधैं लागिपर्ने पाैडेलको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सरावल गाउँपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।