Logo

२०८३, आश्विन १०गते


images
images

रोकिएन विद्यालयमा यातना

शिक्षकको कुटपिटबाट कक्षा एकमा पढ्ने ९ वर्षिया बालिका गम्भीर घाईते

शिक्षकको कुटपिटबाट कक्षा एकमा पढ्ने ९ वर्षिया बालिका गम्भीर घाईते

images
  • शिक्षकको कुटपिटबाट कक्षा एकमा पढ्ने ९ वर्षिया बालिका गम्भीर घाईते
    images
    images

    रामकरन हरिजन,  सरावल । पश्चिम नवलपरासीमा शिक्षकको कुटाईबाट एक बालिका गम्भिर घाईते भएकी छन् । प्रतापपुर गाउँपालिका–४ बस्ने ९ वर्षिया कन्चना राजभरलाई सरावल गाउँपालिका -७ स्थित कालिका ईंग्लिश स्कुलका शिक्षक निरन्जन यादवले निर्घात कुटपिट गरेपछि बालिका गम्भीर घाईते भएकी हुन् ।
     
    मङ्सिर १८ गते सोमवारका दिन पढ्न विद्यालय नगएको भन्दै घरमै आएर कुटपिट गरेका शिक्षकले बालिकालाई विद्यालय लगेर समेत निर्घात कुटपिट गरेको पिडित बालिकाका अभिभावकले जनाएका छन् ।  "स्कुल नगएको भन्दै घरमा आएर ३-४ थप्पड हान्दा शिक्षक हुन्,  छोरीले केही गल्ती गरे होला भनेर केही भनेनौं ।" अभिभावक राजकुमार राजभरले भने,  "तर शिक्षकले छोरीलाई घरबाट स्कुलमा लगि कोठामा बन्द गरेर लौरोले मरणासन्न हुने गरी टाउको, पिठ्ठु लगायत शरीरका अन्य भागमा कुटपिट गरी घाईते बनाएका छन् ।" 

    images
    images
    images

    शिक्षकको कुटपिटबाट बालिकाको टाउको तथा शरीरमा लिलडाम भएको र बालिका गम्भीर घाइते भएको परिवारले जनाएको छ । 

    images
    images
    images

    विद्यालयका प्रधानध्यापक जितेन्द्र यादवले बालिकालाई कुटपिट गर्ने शिक्षकलाई विद्यालयले कारवाही गर्ने बताएका छन् । उनले भनेका छन्, "यसरी नकुटनु पर्ने हो, उनलाई कारवाही गर्छौं ।"

    images
    images
    images

    यसैबीच सेतोमसीसंग कुरा गर्दै सरावल गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रेम बहादुर थापाले बालिकामाथि भएको कुटपिटको छानबिन हुने र आवश्यक कारवाही गरिने जनाएका छन् । 

    कक्षा १ मा पढ्ने ९ वर्षिया बालिका कन्चना राजभरलाई शिक्षकले निर्घात कुटिपिट गरि घाईते बनाएपछि स्थानिय र जनप्रतिनिधिले समेत विरोध जनाएका छन् । 

    बालिका कुटपिटका कारण कालिका इंलिस स्कुलमा विरोध प्रदर्शन गरी ताला लगाईएको बताईएको छ ।

    बालिकालाई यातना दिने शिक्षक विद्यालयका प्रधानध्यापक जितेन्द्र यादवका भाई समेत हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।