Logo

२०८३, आश्विन १०गते


images
images

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला

images
  • सेतोमसी सहकर्मी
  • सयपत्री फूलबाट धुप बनाउने सीप सिक्दै महिला
    images
    images

    तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका छन्। यान्चोक आमा समूह र आँधीमूल आमा समूहमा आबद्ध महिलाले सयपत्री फूलबाट धूप बनाउने सीप सिकेका हुन्।

    images
    images
    images

    ती दुई आमा समूहका महिलाले गत तिहारका बेला सयपत्री फूलखेती गरेकामा बिक्री नभएका उक्त फूलबाट धूप बनाउने सीप सिकेका हुन्। महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यसहित गाउँपालिकाको सहयोगमा धूप बनाउने सीप प्रदान गरिएको यान्चोक आमा समूहका अध्यक्ष सुनिता आलेले बताइन्‌।

    images
    images
    images

    उनले भनिन्‌, ‘गत तिहारलाई लक्षित गरी हामीले सयपत्री फूलखेती गर्‍यौँ, त्यतिबेला बिक्री नभएको फूलको प्रयोग गरी धूप बनाउने सीप सिकाइएको हो, यसले आम्दानीको बाटो हुने र महिलालाई आत्मनिर्भर बन्न सहयोग पुग्नेछ।’

    images
    images
    images

    ती दुई आमा समूहले २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका थिए। तिहार र त्यसपछि गाउँपालिकाका विभिन्न कार्यक्रममा गरी रु तीन लाखको सयपत्री फूल बिक्री भएको थियो। बाँकी रहेका फूललाई सदुपयोग गर्न धूप बनाउने सीप सिकाइएको उनको भनाइ छ।

    उनका अनुसार सयपत्री फूल सुकाएर, काउला र धुपीको धुलो मिसाएर सिन्के धूप बनाउन सकिन्छ। त्यस्तै अङ्गारमा सयपत्रीको फूलको धुलो मिसाएर पनि धूप बनाउन सकिन्छ।

    उनले भनिन्‌, ‘हामीले तालिममा एक किलो काउलाको धुलो, एक किलो धुपीको धुलो राखेर सिन्की धुप बनाउन सिक्यौँ, सीप सिकेपछि अबलाई व्यावसायिक बनाउनेतर्फ अगाडि बढ्छौँ।’

    आँधीमूल आमा समूहका अध्यक्ष ललिता मगरले बाहिरबाट ल्याइएका धूप खरिद गर्नुपर्ने अवस्थाको अन्त्यका लागि स्थानीयस्तरमै धूप उत्पादन गरी बिक्री वितरण गर्न सीपमूलक तालिम सिकाइएको जानकारी दिइन्‌।

    उनले भनिन्‌, ‘सयपत्रीको फूलको प्रयोग गरेर धूप बनाउन सकिने रहेछ भन्ने थाहा थिएन, गाउँपालिकाले यसका लागि तालिम दिएपछि हामी उत्साहित छौँ।’ सयपत्री फूलखेतीलाई निरन्तरता दिँदै फूल र माला बिक्री गर्ने र खेर जाने फूललाई धूपका रूपमा प्रयोग गर्ने लक्ष्य लिइएको उनको भनाइ छ। उनका अनुसार घरायसी काममा व्यस्त रहँदै आएका महिलालाई आबद्ध गराई गत तिहार अगाडि फूलखेती सुरु गरिएको थियो।

    प्रशिक्षक सुस्मिता थापाले स्थानीयस्तरमै पाइने सामग्रीको प्रयोग गरी धूप बनाउन सिकाइएको जानकारी दिइन्‌। उनले भनिन्‌, ‘धुप बनाउने सीप सिक्न महिला उत्साहित भएको पाएँ, यसलाई अब आयआर्जनसँग जोड्न सकिनेछ।’

    महिलालाई आयआर्जनमा जोड्न धूप बनाउने सीपमूलक तालिम दिइएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिइन्‌। स्थानीय उत्पादन प्रयोग गरी धूप बनाउन सकिने जनाउँदै उनले धूप बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सघाउने बताइन्‌।

    उनले भनिन्‌, ‘गाउँपालिकाभित्र विभिन्न धार्मिक क्षेत्र छन्, मठमन्दिरमा विभिन्न समयमा मेला पर्व लाग्ने हुँदा त्यसलाई लक्षित गरी धूप बिक्री गर्न सकिन्छ, बाहिरबाट धूप नल्याई स्थानीय उत्पादनलाई नै प्राथमिकता दिनका लागि गाउँपालिकाले सहयोग गर्नेछ।’

    सबै महिला समूहले उद्यम गर्नुपर्छ भन्ने लक्ष्य राखी गाउँपालिकाले सीप सिकाउन थालेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको भनाइ छ। गाउँपालिकाका छ वडामा एक सय आमा समूह रहेकामा सबै महिला समूहलाई सीप सिकाउन सकिए गाउँपालिका आत्मनिर्भर बन्नसक्ने उनले बताइन्‌।

    त्यस्ता सामग्री बिक्रीका लागि बजार व्यवस्थापनमा गाउँपालिकाले सहयोग गर्ने बताउँदै उनले भनिन्‌, ‘अहिले उत्पादन गरिएका धूप फागुपूर्णिमामा छिम्केश्वरीमा ठूलो मेला लाग्ने र सोही मेलामा बिक्री गर्न सकिन्छ, त्यसका लागि पालिकाले आवश्यक सहयोग गर्नेछ।’

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सयपत्री फूल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।