देवदह । रुपन्देहीको देवदह ८ मा रहेको जनता माध्यमिक विद्यालयमा नि:शुल्क दन्त परिक्षण गरिएको छ । उज्यालो लाल्टिन प्रतिष्ठानको आयोजनामा विद्यार्थी र अभिभावकको निशुल्क दन्त परिक्षण गरिएको हो ।
एक दिने शिविरमा विद्यालयका छात्रा–छात्र, अभिभावक गरि १४२ जनाले दात चेक जाँच गराएका छन् । शिविरमा दन्त रोग, मुख तथा दाँतको हेरचाह र हुनसक्ने स्वास्थ्य समस्याका कारण, लक्षण र उपचार विधिबारे जानकारीसहित र दाँत सम्वन्धि समस्या भएकाहरुलाई औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेय, स्थानिय अगुवा प्रमोद खनाल, शिविरमा प्रविधिका सहयोग गरेको संस्था विजय डेन्टल होमका डा. विजय अमगाई र प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology