राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले सहकारीहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण समस्यामा परेको बताएकी छन ।
६७ औँ सहकारी दिवस २०८० को अवसरमा पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजनामा सरकारी संघसंस्थाहरुसंग आयोजना गरिएको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारीका सिद्धान्तलाई आत्मसाथ नगर्दा अहिलेको अवस्था सृजना भएको बताइन । उनले सहकारीहरु समस्याग्रस्त बन्दा बचकर्ताहरु पिडामा रहेको उल्लेख गर्दै समस्या समाधानका लागि सञ्चालकहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिईन ।
पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीहरुका साधारणसभा देखावटी, भत्ता र खाजाका कारण बिग्रिएको बताए।
"साधारण सभामा शेयर सदस्यहरुले भत्तालाई प्राथमिकता दिने प्रचलनका कारण सहकारीहरु समस्यामा परेका छन्" उनले भने, "सहकारीलाई व्यवस्थित बनाउने सञ्चालक र शेयर सदस्यहरुले हो तर भत्तामा ध्यान केन्द्रीत गर्ने अरु विषयमा ध्यान नदिदाँ समस्या देखियो ।"
कार्यक्रममा गण्डकी प्रदेशका सहकारी रजिष्टार भेषराज रिजाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुमार थापा लगायतले सहकारीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए भने स्वागत सहकारी शाखाका प्रमुख अनिल कार्की र सञ्चालन सहकारी समितिका सदस्य दिपक आचार्यले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology