Logo

२०८३, कार्तिक २५गते


images
images

लुम्बिनी प्रदेशमा सरकार विस्तार

लुम्बिनी प्रदेशमा सरकार विस्तार

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी प्रदेशमा सरकार विस्तार
    images

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।

    images
    images
    images

    मुख्यमन्त्री महराले एमालेबाट चारजना, नागरिक उन्मुक्ति र स्वन्त्रबाट एक/एकजना गरी ६ विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

    images
    images
    images

    एमालेबाट भूमिश्वर ढकाल, रत्नबहादुर खत्री, दिनेश पन्थी र अर्जुनकुमार केसी मन्त्री बनेका छन् । यसैगरी नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत पनि विनाविभागीय मन्त्री नियुक्त भए ।

    images
    images

    मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन विनाविभागिय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रालय र भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

    आज विस्तार गरिएको मन्त्रीमण्डलसँगै लुम्बिनी प्रदेश सरकार १० सदस्यीय पुगेको छ । साना दलहरुले भने आजको मन्त्रीमण्डल विस्तारमा असन्तुष्टि जनाएका छन् ।

    LumbiniPradesh-1713422265.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।