Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि, आठ महिना मै ३७ लाख राजश्व संकलन

गुल्मीमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि, आठ महिना मै ३७ लाख राजश्व संकलन

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि, आठ महिना मै ३७ लाख राजश्व संकलन
    images
    images

    दिपेन्द्र खत्री, १० चैत्र, गुल्मी । गुल्मीमा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने ५ हजार २ सय सवारी साधनलाई कारबाही गरिएको छ ।

    images
    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार साउनदेखि फागुन मसन्तासम्म ट्राफिक नियम उल्लंघन गर्ने १ सय १८ बस, ३ सय ८१ ट्रक, २ हजार १ सय ५० जिप ,कार , २७ सय ३३ मोटरसाइकल र ३ सय ३८ ट्याक्टर कारबाहीमा परेका छन ।

    images
    images
    images

    Gulmi  police check

    images
    images
    images

    आठ महिनाको अवधिमा सवारी साधन कारबाहीबाट ३७ लाख ११ हजार राजश्व संकलन गरीएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो । यस्तै ३९ जनालाई मा. प. से. कारबाही गर्दा ३९ हजार राजश्व रकम समेत संकलन भएको आचार्यले बताउनुभयो ।

    मालवाहक सवारी साधनले क्षमताभन्दा बढी समान बोक्ने, जिप कारले क्षमताभन्दा बढी यात्रु राख्ने, लाइसेन्स नबोक्ने र जथाभावी पार्किङ गर्ने सवारी धनिहरुलाई कारबाही गरीएको आचार्यले बताउनु भयो ।

    यस अवधिमा जिल्लामा २९ वटा सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन भने, शक्त घाईते २४ जना, सामान्य घाईते ४१ जना गरी ६५ जना घाईते भएको कार्यालयले जनाएको छ ।

    यसैबिच जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आईरहेको छ । कार्यालयले यो अबधिमा बिभिन्न बिद्यालयका बिद्यार्थीहरु, व्यवसायीक चालक, परिचालक, पैदल यात्रु तथा अन्य सर्बसाधारण गरी १ सय २२ पटकमा ३ हजार ७ सय ३९ जनालाई सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनको लागी ट्राफिक जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आचार्यले बताउनुभयो ।

    पछिल्लो समय जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै जिल्लाका बिभिन्न सडकहरुमा ट्राफिक सचेतनामुलक सम्बन्धी होर्डिङ् बोर्ड राख्ने कार्यलाई तिब्रता दिए पनि यसको लागु नभएको देखिन्छ ।

    ट्राफिक नियमको सहि रुपमा पालना गर्ने गराउर्ने हो भने दुर्घटना न्यूनिकरण गर्न सकिने देखिन्छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।