सुनिल न्यौपाने,गुल्मी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मुसिकोट नगरपालिका ३ नं वडा कमिटीको अध्यक्षमा दुर्गा बहादुर खड्का र सचिवमा टेकहरी फुल्देललाई चयन गरिएको छ।आज बसेको भेलाले अध्यक्षमा खड्का र सचीवमा फुल्देल सहित २९ सदस्य सहितको वडा कमिटी गठन गरेको हो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुसिकोट नगर कमिटीका अध्यक्ष खुम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष थापाले माओवादी आन्दोलनको बारेमा र माओवादी पार्टी मै लाग्नुको कारण बारे आफ्ना आधारण व्यक्त गर्नु भएको थियो। माओवादीको बारेमा समाजमा केहि पात्रले नकारात्मक सन्देश प्रबाह गरे पनि अब त्यस्ता गलत पात्रको कुरा जनताले बिश्वास नगर्ने दाबी गर्नुभयो साथै माओवादी आन्दोलनलाई जिवित राख्नको लागी अब देशव्यापी रुपमा एकजुट हुनुपर्ने थापाको भनाइ थियो। नवनिर्मित वडा कमिटी अध्यक्षमा दुर्गा खड्का र सचिव टेकहरी फुल्देल जस्ता होनहार युवा कमिटीको नेतृत्व लिएकोमा खुसी व्यक्त साथै सम्पुर्ण कमिटी सदस्यलाई शुभकामना दिनुभएको थियो । अध्यक्ष खड्का र सचीव फुल्देल पार्टीका सकृय सदस्य हुन यस अगाडि पनि समाजमा रहेर विभिन्न क्षेत्रको नेतृत्व लिएर अगाडि बढिरहेका उनीहरू अब युवाबर्ग लाई समेटेर अगाडि जान सक्ने मुल्यांकन गरिएको छ ।कार्यक्रमको अध्यक्षता गोम बहादुर सुनार प्रमुख अतिथिमा मुसिकोट नगर कमिटी अध्यक्ष खुम बहादुर थापा ,विशेष अतिथि प्रेस संगठन नेपालका केन्द्रिय सदस्य प्रेम सुनार साथै माओवादी आन्दोलनका पुराना वरिष्ठ समाजसेबी ,युवा कार्यकर्ता , पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रमको संचालन माओवादी नेता टेकहरी फुल्देलको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology