दाङ । जनता समाजवादी पार्टी नेपालकी केन्द्रिय सदस्य लक्ष्मी चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन । शनिबार दाङको भालुवाङमा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादी उपाध्यक्ष तथा पुर्व सभामुख कृ्ष्णबहादुर महराले उनलाई पार्टीमा स्वागत गरेका हुन ।
जसपाको लुम्बिनी प्रदेश सचिव समेत रहेकी चौधरी हालसालै मात्रै जिल्ला भूमि आयोग दाङको विज्ञ सदस्यको रुपमा नियुक्त भएकी थिइन । उनलाई स्वागत गर्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष महराले पार्टीमा उचित जिम्मेवारी दिइने बताए । सिमान्तकृत समुदायको अधिकारका लड्ने एकमात्र पार्टी माओवादी भएकाले अधिकार प्राप्तिको लडाइमा एकाकार हुन महराले आग्रह गरे ।
सो क्रममा नेतृ चौधरीले माओवादी पार्टीले जनजाती समुदायको अधिकार प्राप्तीका लागि प्रमुख भुमिका खेलेकाले माओवादी प्रवेश गरेको बताएकी थिइन् ।
जसपाबाट बावुुराम भट्टराई अलग भएपछि उपेन्द्र यादव नेतृत्वको जसपाले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । चौधरी तत्कालिन एमाले उपाध्यक्ष अशोक राइसंगै एमाले परित्याग गरेर संघिय समाजवादी पार्टी हुँदै संघिय समाजवादी पार्टी र जनता समाजवादी पार्टीको केन्द्रिय सदस्य भएकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology