सुनवल । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुनवल ७ को स्थानीय तह निर्वाचन २०७९ को समिक्षा एवम् बधाई कार्यक्रम शनिबार सम्पन्न भएको छ।
शनिबार सुनवल नगरपालिका वडा नं. ७ को वडा कमिटीले एक कार्यक्रम आयोजना गर्दै स्थानीय निर्वाचन , बिकास तथा जनताको गुनासो लगायतका विषयमा समिक्षा गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रबाट सुनवल नगरपालिका वडा नं. ७ को वडा अध्यक्षमा निर्वाचित नारायण प्रसाद आचार्यले स्थानीय निर्वाचनको नतिजा जे जस्तो आएतापनि नतिजालाई मनन गर्दै समग्र वडाको प्रतिनिधित्व गरि सबै वडाबासीहरुलाई समेतेर निष्पक्ष रुपमा काम गर्ने बताए । आचार्यले आफू निर्वाचित भएलगत्तै विभिन्न बिकास निर्माणका योजना सहित प्रदेश र केन्द्रमा पुगेको बताए । " म निर्वाचित भएसंगै प्रदेश र केन्द्र विभिन्न योजनाहरु सहित प्रदेश र केन्द्रमा पुगेको छु।" उनले भने, " यो वडाको बिकास गर्न सधै तत्पर छु, सबैको प्रतिनिधित्व गरेर साझा र सामानुपातिक काम गर्ने छु । उनले वडाको विभिन्न सम्भावनाहरुलाई विभिन्न योजनामा ढाली योजनाहरु प्रदेश र केन्द्रमा पुर्याएको र ती योजनाहरुको चाडैं सम्बोधन हुने बताए ।
माओवादी केन्द्र वडा कमिटी अध्यक्ष हर्क गुरुङको अध्यक्षता र माओवादी केन्द्र लुम्बिनी प्रदेश सल्लाहकार समिति सदस्यको विशेष आतिथ्यतमा सम्पन्न कार्यक्रमलाई वडा कमिटीका सचीव चन्द्रबहादुर विश्वकर्माले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्थित पार्टीका नेता कार्यकर्ताले आचार्यलाई शुभकामना सहित सुझाव दिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology