Logo

२०८३, श्रावण २७गते


images
images

योग भवन बनाउन सुनवलमा महायज्ञ हुने, १० करोड आर्थिक संकलन गर्ने लक्ष्य

योग भवन बनाउन सुनवलमा महायज्ञ हुने, १० करोड आर्थिक संकलन गर्ने लक्ष्य

images
  • योग भवन बनाउन सुनवलमा महायज्ञ हुने, १० करोड आर्थिक संकलन गर्ने लक्ष्य
    images
    images

    सुनवल । पश्चिम नवलपरासीको सुनवलमा योग भवन सहितको प्राकृतिक चिकित्सालय निर्माण गर्न महायज्ञ हुने भएको छ । सोमबार (भोलि) बाट सुरू हुने महायज्ञमा १० करोड चन्दा संकलन गर्ने लक्ष्य राखिएको पत्रकार सम्मेलनमार्फत आयोजक समिति संयोजक भिम बहादुर थापाले जानकारी दिए । 

    images
    images
    images

    सुनवलमा योग भवन र जेष्ठ नागरिक स्याहार केन्द्र सहितको प्राकृतिक चिकित्सालय निर्माण गर्न सके सुनवल सहित देशभरिका नागरिकले सेवा लिन सक्ने भएकोले आर्थिक संकलनको लागि महायज्ञ आयोजना गरिएको उनले बताए । महायज्ञबाट संकलन भएको रकमले सुनवलमा करिव १० विगाहा जग्गामा २५ देखि ३० करोड लागतमा भवन निर्माण गर्न 'हाम्रो सुनवल निर्माण सत्मार्ग महायज्ञ मूल समारोह समिति'ले माघ १ देखि ८ गतेसम्म सुनवल चोक 'गेट सी' मा  महायज्ञ संचालन गर्ने उनको भनाई छ । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै सुनवल नगरपालिका प्रमुख विमला अर्यालले सुनवलको विकासमा योग भवनसहितको प्राकृतिक चिकित्सालयले महत्वपूर्ण योगदान पुर्याउने जिकिर गरिन् । सुनवलवासीलाई स्वस्थ बनाउन र सुनवललाई  नयाँ पहिचानसहित स्थापित गर्नको निम्ति महायज्ञ आयोजना गरिएको दावी  गर्दै उनले महायज्ञलाई सफल बनाउन आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाईन् । 

    images
    images
    images

    सुनवललाई एकतामा जोड्न महायज्ञ : प्रदेश सांसद बस्नेत 

    महायज्ञ मूल आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेतले सुनवललाई एकतामा जोड्न महायज्ञ महत्वपूर्ण हुने बताए । 

    "सुनवलको विकास र समृद्धिमा सबै राजनीतिक दल र संघसंस्था एक ठाउँ छन् र सबै मिलेर सुनवलको विकास गर्छन भन्ने सन्देश महायज्ञले दिनेछ ।"  सांसद बस्नेतले भने - "विकासमा जनसहभागिता र सबैको समान दृष्टिकोण अत्यन्तै महत्वपुर्ण हुन्छ, यो महायज्ञमा सुनवलले हामी सबै एक छौं भन्ने तथ्य स्थापित गर्ने विश्वास मैले लिएको छु ।"

    महायज्ञमा पण्डित दीनबन्दु पोखरेल र बालब्यास श्रवण न्यौपानेले कथावाचन गर्ने आयोजकले जनाएको छ । 

    यज्ञको संरक्षक सुनवल नगरपालिका रहेको छ भने स्थानिय भोलेबाबा सत्मार्ग समिति सहयोगी संस्थाको रूपमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • # महायज्ञ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।