देवदह । देवदहको भलुहीस्थित बाघकुमार दुर्गा मन्दिरमा देशकै अग्लो मोैलो बनाउन संचालित श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञमा ११ लाख ३० हजार सहयोग संकलन भएको छ ।
माघ १७ गतेदेखि संचालन भैरहेको श्रीमद्भागवत धन धान्याचल ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महाआरतीमा स्थानीयले उत्साहपुर्वक सहयोग गर्दै आएको संरक्षक मोहन जिसीले बताए ।
शुक्रबार संविधान सभा सदस्य तथा पुर्वराज्य मन्त्री अब्दुल रज्जाकद्वारा समेत महायज्ञ अवलोकन गरिएको र मन्दिरको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।
करिब २०२७ सालबाट बनपाटीले बारेर पुजा सञ्चालन हुदै आएको र अहिले भएको भौतिक मन्दिर जिर्ण भएको हुदा ईतिहास बोकेको मन्दिरलाई व्यवस्थित ढंगले भोैतिक विकास, अक्षकोष स्थापना तथा देशकै अग्लो मोैलो र मुख्य गेटमा २ वटा बाघको शालिक बनाउने उदेश्य सहित महायज्ञ संचालन गरिएको संरक्षक जिसीले जानकारी दिए ।
माघ २३ गतेसम्म संचालन हुने महायज्ञ सम्पन्न गर्नका लागि ६० लाख खर्च लाग्ने अनुमान गरिएको छ भने १ करोड रकम संकलन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology