देवदह । देवदह नगरपालिका वडा नम्बर ९ घोडाहास्थित कोटियादेवी मन्दिरमा महायज्ञ सुरु भएको छ। शनिबार एक कार्यक्रमबीच स्वामी विवेकान्तले श्रीमद्वागवत तथा धनधान्याञ्चल ज्ञान महायज्ञको उद्घाटन गरेका हुन् ।
देवदहको लोकेश्वर मन्दिरबाट विशाल कलशयात्रा गरि आयोजित बिशाल भक्तजनहरुको उपस्थितिमा महायज्ञको उद्घाटन गर्दै स्वामी विवेकानन्दले समाजलाई जोडन धर्म र धर्मिक गतिविधिहरु आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख धुर्ब प्रसाद खरेलले देवदह परोपकारी मनहरूको नगरी भएको उल्लेख गरे । ऐतिहासिक महत्वको नगर देवदह प्राचिनकालमा समेत देवस्थल रहेकोले अहिलेपनि देवदह धार्मिक नगरीको रुपमा चिनिने र त्यसको लागि यस प्रकारका महायज्ञले थप सहयोग पुर्याउने बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पुर्व नगरप्रमुख हिरा बहादुर केसी लगायतले देवदहलाई धार्मीक पर्यटनको रूपमा विकास गर्न महायज्ञले योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

देवदहवासीको विशाल उपस्थिति रहेको उक्त कार्यक्रमको कलश यात्रामा देवदहका आमा समूह, विद्यालय र टोल विकास संघसंस्थाहरूको बाक्लो उपस्थिति रहेको थियो । झन्डै ३ हजारको संख्यामा रहेको कलश यात्रामा तीन दर्जन बढी समाजिक संघसंस्थाहरूको सहभागीता रहेको महायज्ञ सचिवालयका पवन पौडेलले जानकारी दिए ।
वडा नं. ९ का अध्यक्ष मोहन जिसीको अध्यक्षता रहेको कार्यक्रम पुर्ब वडा अध्यक्ष केशव भट्टराईको स्वागत र चन्द्रकान्त काफ्लेको सन्चालनमा सम्पन्न भएको थियो ।

विक्रम सम्बत २०२०-०२१ तिर निर्माण भएको ऐतिहासिक महत्वको कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा विकास र धर्मशाला र योगा हल निर्माणको लागि भुमि व्यवस्थापन गर्न महायज्ञ गर्न लागिएको जनाईएको छ ।
महायज्ञका प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता श्रवण न्यौपाने रहने र माघ ७ गतेसम्म हरेक दिन पाठ तथा पुजा हुनेछ ।

महायज्ञबाट एक करोड बराबरको दान संकलन हुने अपेक्षा राखेको आयोजकले दाताहरूलाई सम्मान समेत गर्ने जनाएको छ। जस अनुसार रु ९९९ सम्मको दान दानपेटिकामा राखिने, १ हजार देखि २ हजारसम्म दान गर्नेलाई रुद्राक्षद्वारा सम्मान गर्ने, २ हजारदेखि ५ हजारसम्मका दातालाई माला र सादा फ्रेमसहित सम्मान, ५ हजारदेखि १० हजारसम्मका दातालाई माला र स्वर्ण फ्रेमद्वारा सम्मान, १० हजारदेखि २५ हजारसम्मका दातालाई माला र आकर्षक फ्रेमद्वारा सम्मान, २५ हजारदेखि ५० हजारसम्मका दातालाई माला र फ्रेम सहित दम्पतिलाई सम्मान, ५० हजारदेखि १ लाखसम्मका दातालाई स-परिवार सम्मान, एक लाखदेखि २ लाखसम्मका दातालाई बाजागाजासहित सम्मान, दुई लाखदेखि ५ लाखसम्मका दातालाई बाजागाजासहित गाउँ परिक्रमा र पाँच लाखदेखि माथि सहयोग गर्ने दातालाई सम्पूर्ण सम्मान सहित नगर परिक्रमा गराईने आयोजकले जनाएको छ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology