Logo

२०८३, आश्विन १७गते


images
images

देवदह महायज्ञमा किन आएनन् दुर्गा प्रसाई ?

देवदह महायज्ञमा किन आएनन् दुर्गा प्रसाई ?

images
  • देवदह महायज्ञमा किन आएनन् दुर्गा प्रसाई ?
    images
    images

     देवदह । रुपन्देहीको देवदह – ९  घोडाहामा संचालित श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा व्यवसायी दुर्गा प्रसाई आउने भनिए पनि अन्तिममा उनी देवदह आएनन्।  यसअघि कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला निर्माणका लागि आयोजित महायज्ञमा प्रसाई देवदह आउने महायज्ञका संकल्पकर्ता तथा प्रमुख कथाबाचक बालव्यास श्रवण न्यौपाने र मिडिया संयोजक प्रेम थापाले बताएका थिए । 

    images
    images
    images

    शुक्रबार बिहान न्यौपानेले सेतोमसीसंग कुरा गर्दै प्रसाई देवदह आउने बताएका थिए।  उनले भनेका थिए- "उहाँ आउने ९९ प्रतिशत सत्य हो तर मौसमले साथ दिएन भने अलि ढिलो हुन्छ कि भन्ने लागेको छ, तर आज उहाँ आउनुहुन्छ।" यद्यपि शुक्रबार प्रसाई महायज्ञमा आएनन।  

    images
    images
    images

    शुक्रबार अबेरसम्म पनि व्यवसायी प्रसाई आउंदै छन् भन्दै देवदहबासी महायज्ञमा कानेखुसी गर्दै थिए तर बेलुकासम्म पनि उनी नआएपछि आफुहरूलाई झुक्काइएको भन्दै केहि स्थानियले गुनासो पोखेका छन् । 
     
    प्रसाई नआएकोबारे कुरा गर्दै संकल्पकर्ता न्यौपानेले अन्तिम समयमा आएर प्रसाईको महत्वपुर्ण व्यक्तिगत कामका कारण उनले देवदहको कार्यक्रम स्थगित गरेको  बताए।  उनले भने, "उहाँ  आउने पुरा तयारी भएको थियो  तर अन्तिममा उहाँको आफ्नै केहि व्यवहारिक कामले गर्दा व्यस्त भएर कार्यक्रम स्थगित गर्नुभयो।"

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।