Logo

२०८३, आश्विन ९गते


images
images

राजनीति

दुर्गा प्रसाईं नेतृत्वको अभियानले भन्यो- सरकारसँगको १४ बुँदे सहमति मान्य छैन

दुर्गा प्रसाईं नेतृत्वको अभियानले भन्यो- सरकारसँगको १४ बुँदे सहमति मान्य छैन

images
  • दुर्गा प्रसाईं नेतृत्वको अभियानले भन्यो- सरकारसँगको १४ बुँदे सहमति मान्य छैन
    images
    images

    काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले बैंक, सहकारी, लघुवित्त तथा मिटरब्याजपीडितका विषयमा भएको १४ बुँदे सहमति आफूहरूलाई मान्य नभएको जनाएको छ ।

    images
    images
    images

    अभियानले सर्लाहीको हरिवनबाट सुरु भएको पीडित नागरिकको पैदल यात्राका क्रममा काठमाडौं आइपुगेका नागरिकलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको छ । अभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई घरमै नजरबन्दमा राखेर केही व्यक्तिलाई अघि बढाउँदै अभियान कमजोर पार्ने प्रयास गरिएको दाबि अभियानले गरेको छ  ।

    images
    images
    images

    तत्कालीन प्रधानमन्त्री शुशिला कार्की र दुर्गा प्रसाईंबीच भएको १२ बुँदे सम्झौतालाई बेवास्ता गर्दै गरिएको १४ बुँदे सहमतिले पीडितका समस्या समाधान गर्नुको सट्टा झन् समस्या बढाउने काम गरेको अभियानले जनाउदै पीडित नागरिकलाई धैर्य गर्न आग्रह गर्दै आन्दोलन जारी रहेको बताएको छ ।

    images
    images
    images
    Durga1787553574.jpg

    अभियानले वित्तीय पीडित नागरिकलाई नागरिकता, व्यक्तिगत विवरण वा अन्य कागजात कसैलाई नदिन पनि आग्रह गरेको छ । आधिकारिक निर्देशनबिना व्यक्तिगत विवरण संकलन नगर्न र नगराउन आग्रह गर्दै त्यस्ता विवरणको दुरुपयोगबाट पीडितलाई थप जोखिममा पर्न नदिन सावधानी अपनाउन अभियानले अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।