Logo

२०८३, आश्विन १७गते


images
images

साधारण तारेखमा रिहा भए दुर्गा प्रसाईं

साधारण तारेखमा रिहा भए दुर्गा प्रसाईं

images
  • साधारण तारेखमा रिहा भए दुर्गा प्रसाईं
    images
    images

    वीरगन्ज । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा भएका छन् ।

    images
    images
    images

    जिल्ला अदालत पर्साका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासको आदेश अनुसार प्रसाईं साधारण तारेखमा रिहा भएका हुन् ।  

    images
    images
    images

    यसअघि जिल्ला प्रहरी कार्यालय पर्साले सोमबार प्रसाईलाई अदालतमा उपस्थित गराए पनि मुद्दा हेर्न नभ्याएको भन्दै अदालतले उनलाई फिर्ता पठाएको थियो । प्रहरीले प्रसाईंमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान गरिरहेको थियो । त्यस क्रममा दुई पटक म्याद थप गरेको थियो ।

    images
    images
    images

    प्रसाईको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै  न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको थियो  । 

    प्रसाईंलाई जेठ ४ गते राति वीरगन्जस्थित सिद्धार्थ दियालो होटलबाट पक्राउ गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्गा प्रसाई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।