Logo

२०८३, श्रावण २७गते


images
images

देवदह महायज्ञमा आज दुर्गा प्रसाई आउदैं

देवदह महायज्ञमा आज दुर्गा प्रसाई आउदैं

images
  • देवदह महायज्ञमा आज दुर्गा प्रसाई आउदैं
    images
    images

    देवदह । रुपन्देहीको देवदह – ९  घोडाहामा संचालित श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा आज  चर्चित व्यवसायी दुर्गा प्रसाई आउने भएका छन। कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला निर्माणका लागि पुष ३० गते कलशयात्रा गरि माघ १ गतेबाट संचालित महायज्ञमा कोटियादेवी मन्दिरको दर्शन गर्न प्रसाई देवदह आउने महायज्ञका मिडिया संयोजक प्रेम थापाले जानकारी दिए । 

    images
    images
    images

    महायज्ञका संकल्पकर्ता तथा प्रमुख कथाबाचक बालव्यास श्रवण न्यौपानेको विशेष अनुरोधमा प्रसाई देवदह आउन लागेका हुन । सेतोमसीसंग कुरा गर्दै महायज्ञका संकल्पकर्ता तथा प्रमुख कथाबाचक बालव्यास न्यौपानेले मौसमका कारण जहाज ढिला नभएको खण्डमा १ बजेसम्म र मौसमले साथ नदिएको खण्डमा २ बजेपछि प्रसाई देवदह आउने बताए। उनले भने, "उहाँ आउने ९९ प्रतिशत सत्य हो तर मौसमले साथ दिएन भने अलि ढिलो हुन्छ कि भन्ने लागेको छ, तर आज उहाँ आउनुहुन्छ।"

    images
    images
    images

    महायज्ञ आयोजक समितले प्रसाई महायज्ञमा सहभागी भएर महायज्ञमा केही दान समेत घोषणा गर्ने जनाएको छ । 

    images
    images
    images

    महायज्ञ सचिवालयले अर्का चर्चित व्यक्ति पत्रकार ऋषि धमलालाई समेत महायज्ञमा ल्याउने प्रयास गरिरहेको जनाएको छ ।  

    १ करोड दान संकलन गर्ने लक्ष्य सहित सुरु गरिएको महायज्ञमा हालसम्म ५० लाख बराबरको दान संकलन भएको मिडिया संयोजक थापाले जानकारी दिएका छन। 

    महायज्ञमा भक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको यज्ञ सम्पादन मुल समितिका संयोजक मोहन जिसीले बताए ।

    ७ दिनसम्म संचालन हुने महायज्ञमा प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपाने र आचार्य ओम प्रकाश सुवेदीबाट कथा प्रवचन भैरहेको छ । त्यस्तै दैनिक झाकी तथा बिभिन्न धार्मिक कार्यहरु समेत  भैरहेको छ । 

    महायज्ञ सुरु भएदेखि प्रत्येक दिन मण्डपपुजा, पाठ परायण, १ हजार ८ शालिग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाँकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म भजन किर्तन भैरहेको छ। साथै ’भक्तजन’को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत भैरहेको संयोजक जिसीले जानकारी दिए  ।

    महायज्ञमा दाताहरूलाई बाजागाजा र खादा माला सहित दैनिक रूपमा सम्मान समेत गरिदै आएको छ। 
        

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।