Logo

२०८३, आश्विन १७गते


images
images

 देवदह महायज्ञमा भोलि चर्चित व्यवसायी दुर्गा प्रसाई आउने

 देवदह महायज्ञमा भोलि चर्चित व्यवसायी दुर्गा प्रसाई आउने

images
  •  देवदह  महायज्ञमा भोलि चर्चित व्यवसायी दुर्गा प्रसाई आउने
    images
    images

    देवदह । रुपन्देहीको देवदह – ९  घोडाहामा संचालित श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा भोलि  चर्चित व्यवसायी दुर्गा प्रसाई आउने भएका छन। कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला निर्माणका लागि पुष ३० गते कलशयात्रा गरि माघ १ गतेबाट संचालित महायज्ञमा कोटियादेवी मन्दिरको दर्शन गर्न शुक्रबार प्रसाई देवदह आउने महायज्ञका मिडिया संयोजक प्रेम थापाले जानकारी दिए । 

    images
    images
    images

    महायज्ञका संकल्पकर्ता तथा प्रमुख कथाबाचक बालव्यास श्रवण न्यौपानेको विशेष अनुरोधमा प्रसाई देवदह आउन लागेका हुन । महायज्ञ सचिवालयका अनुसार प्रसाई महायज्ञमा सहभागी भएर केही सहयोग समेत घोषणा गर्नेछन । 

    images
    images
    images

    व्यवसायी प्रसाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई चरेसको थालमा मार्सी चामलको भात खुवाएपछि चर्चामा आएका हुन ।  उनको घरमा  दुई अध्यक्षले खाना खाएको केही समयपछि दुई पार्टी एक भएर तत्कालीन अवस्थामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बनेपछि दुई अध्यक्षलाई एक ठाउमा ल्याएर पार्टी एकता गराउन भूमिका खेलेको भन्दै उनी  चर्चामा आएका थिए। 

    images
    images
    images

    त्यसयता कहिले नेत्रविक्रम चन्द 'विप्लव' पुत्र प्रकाश चन्दसंगको कुराकानीको अडियो 'लीक' भएर त कहिले दुबईका राजपरिवारका सदस्यलाई नेपाल निमंत्रणा गरेर तथा संचारमाध्यममा  कडा अभियक्ति दिएर उनी निरन्तर चर्चामा रहदै आएका छन । 

    मेला सचिवालयले चर्चित पत्रकार ऋषि धमलालाई समेत महायज्ञमा ल्याउने प्रयास गरिरहेको जनाएको छ ।  

    १ करोड दान संकलन गर्ने लक्ष्य सहित सुरु गरिएको महायज्ञमा हालसम्म ५० लाख बराबरको दान संकलन भएको मिडिया संयोजक थापाले जानकारी दिएका छन। 

    महायज्ञमा भक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको यज्ञ सम्पादन मुल समितिका संयोजक मोहन जिसीले बताए ।

    ७ दिनसम्म संचालन हुने महायज्ञमा प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपाने र आचार्य ओम प्रकाश सुवेदीबाट कथा प्रवचन भैरहेको छ । त्यस्तै दैनिक झाकी तथा बिभिन्न धार्मिक कार्यहरु समेत  भैरहेको छ । 

    महायज्ञ सुरु भएदेखि प्रत्येक दिन मण्डपपुजा, पाठ परायण, १ हजार ८ शालिग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाँकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म भजन किर्तन भैरहेको छ। साथै ’भक्तजन’को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत भैरहेको संयोजक जिसीले जानकारी दिए  ।

    महायज्ञमा दाताहरूलाई बाजागाजा र खादा माला सहित दैनिक रूपमा सम्मान समेत गरिदै आएको छ। 
         

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।