Logo

२०८३, आश्विन ९गते


images
images

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

images
  • सेतोमसी सहकर्मी
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा
    images
    images

    काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । प्रदेश सभामा आफू अल्पमतमा परेपछी उनले राजिनामा दिएका हुन । प्रदेशसभा अविश्वास प्रस्ताव ‘फेस’ गर्न नसक्ने देखेपछि मुख्यमन्त्री पदबाट पोखरेलले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    उनी बिरुद्ध विपक्षीदल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजबादी पार्टी लगायतले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सोही अबिश्वासको प्रस्ताबमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्रीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

    images
    images
    images

    विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

    लुम्बिनी प्रदेशसभामा हाल ८० जना सांसद रहेकाछन । बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । यसरी लुम्बिनी प्रदेशमा अबको मुख्यमन्त्री माओवादी केन्द्रका कुलप्रसाद केसि हुने पक्का जस्तै भएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।