देवदह । रुपन्देहीको देवदह-५, स्थित देवदह बुद्ध पब्लिक आवासीय मा.वि ले २५६८ औं बुद्ध जयन्तीको अवसर पारि विद्यालय प्राङ्गणमा बुद्ध पूर्णिमा विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ‘बुद्ध र देवदह, बुद्धका उपदेशहरु’ शान्तिस्थापना गर्न मानिसले के –के काम गर्नसक्छ भन्ने विषयमा विद्यालयका शिक्षकहरुले प्रवचन दिएका थिए । सो अवसरमा विद्यार्थीलाई आफ्नो जातीय संस्कृतिको संरक्षण संवर्धन प्रचार र अपनत्व महसुश गराउने उदेश्यले विद्यार्थीलाई आफ्नो जातीय पोशाकमा उपस्थित गराइएको थियो ।
कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरे, विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारी लगायतले धारणा राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology