Logo

२०८३, आश्विन १०गते


images
images

कारागारका ६० कैदीमा कोरोना संक्रमण पुष्टि

कारागारका ६० कैदीमा कोरोना संक्रमण पुष्टि

images
  • सेतोमसी सहकर्मी
  • कारागारका ६० कैदीमा कोरोना संक्रमण पुष्टि
    images
    images

    दिपेन्द्र खत्री, अर्घाखाँची । सन्धिखर्क अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । 

    images
    images
    images

    कारागारमा रहेका ९३.७५ प्रतिशतमा पोजेटिभ देखिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अपनाइ सुरक्षित रहन सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आग्रह गरेका छन्  ।

    images
    images
    images

    कारागारमा रहेका ६० जना कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताएका छन् । 

    images
    images
    images

    अर्घाखाँची जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ९५ पुगेको छ । कोरोना संक्रमणका कारण हालसम्म ७९ जनाको ज्यान गएको छ । श्रावण १६ गते देखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसान जस्तै भएको छ । जिल्लामा कोरोना भाईरसका संक्रमितको संख्यामा वृद्धि हुँदै गएपछि सर्वपक्षीयसहितको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अर्घाखाँची
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।