Logo

२०८३, आश्विन १०गते


images
images

देवदह इङलिस बोर्डिङ स्कूलमा कक्षागत र अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

देवदह इङलिस बोर्डिङ स्कूलमा कक्षागत र अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • देवदह इङलिस बोर्डिङ स्कूलमा कक्षागत र अन्तरसदनात्मक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
    images
    images

    देवदह । रुपन्देहीको देवदह -७ पिपलडाडा स्थितदेबदह ई. बो. सेकेण्डरी स्कुलमा  साप्ताहिक रुपमा सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षागत र अन्तरसदनात्मक अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको थियो ।

    images
    images
    images

    कक्षागत १ देखि ३ सम्म सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा कक्षा १ बाट प्रथम मुस्कान थापा, द्वितीय अनुमिता मण्डल, तृतीय श्रेया साइ , कक्षा २ बाट प्रथम शिवानी भटराई, द्वितीय रिया महतो, तृतीय रुही सिंह र कक्षा ३ बाट प्रथम साइमन थापा, द्वितीय गौमती कामु र तृतीय निकोल चापागाई भएका थिए ।

    images
    images
    images

    त्यसै गरि अन्तरसदनात्मक अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा जुनियर तर्फ (कक्षा ४ देखि ७) प्रथम लक्ष्मी तिवारी रातो सदन, द्वितीय निकिता पौडेल पहेलो सदन, तृतीय सिम्रन रेग्मी हरियो सदन र सान्त्वना आरजु भुसाल पहेलो सदनले बिजय हासिल गर्न सफल भएका थिए । सियिनर तर्फ (कक्षा ८ देखि १०) प्रथम हरियो सदनकी सिद्धिका बस्याल, द्वितीय पहेलो सदनका अनुज काफ्ले, तृतीय रातो सदनका प्रशान्त देवकोटा र सान्त्वना पहेलो सदनकी दिया न्यौपाने भएका थिए ।

    images
    images
    images

    विद्यालयका संस्थापक प्राचार्य विष्णु प्रसाद पौडेलको अध्यक्षता, अतिरिक्त क्रियाकलाप संयोजक अपर्ण पौडेलको सञ्चालनमा भएको उक्त कार्यक्रममा निर्णायकको भूमिका सह प्राचार्य विष्णु अर्याल र प्रशासन प्रमुख दिल बहादुर श्रेष्ठले निर्वाह गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह इङलिस बोर्डिङ
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।