Logo

२०८३, आश्विन ९गते


images
images

एकपछि अर्को गर्दै अफगानिस्तानका ठुला शहर तालिबान लडाकुको कब्जामा  

एकपछि अर्को गर्दै अफगानिस्तानका ठुला शहर तालिबान लडाकुको कब्जामा  

images
  • एकपछि अर्को गर्दै अफगानिस्तानका ठुला शहर तालिबान लडाकुको कब्जामा  
    images
    images

    एजेन्सी । अफगानिस्तानमा एकपछि अर्को गरी त्यहाँका सहरहरू कब्जा गरिरहेको तालिबान लडाकुहरूको समूहले आज अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन । कान्दाहार अफगानिस्तानको दोस्रो ठूलो सहर हो । दक्षिण अफगानिस्तानका यी दुई सहर नियन्त्रणमा लिए संगै तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरूले दाबी गरेका छन् । 

    images
    images
    images

    बिहीबार मात्रै तालिवानले गज्नी र हेरातलाई आफ्नो नियन्त्रणमा लिएको थियो । यद्यपि, तालिवानले गरेको कब्जाका विषयमा सरकारी तवरबाट भने यसको अहिलेसम्म पुष्टि भएको छैन। तर, तालिवानका प्रवक्ताले भने कान्दाहार र लस्कार गाह सहर कब्जा जमाइसकेको दाबी गरेका छन् ।

    images
    images
    images

    तालिवानको अबको लक्ष्य राजधानी काबुल रहेको बताइएको छ। काबुलमा हुनसक्ने आक्रमणलाई गम्भीरताका साथ लिइएको छ। काबुलमा द्वन्द्व हुँदा हजारौं सर्वसाधारण मारिनसक्ने बताइएको छ। किनभने, देशका विभिन्न भूभागमा तालिवानले कब्जा जमाएपछि भागेर धेरैजसो सर्वसाधारण काबुल आएका छन् ।

    images
    images
    images

    २० बर्ष सम्म अफगानिस्तान सरकारलाई सहयोग गर्दै आफ्ना सैनिक राखेको अमेरिकाले अघिल्लो महिना मात्रै आफ्ना सबै सैनिक फिर्ता लगेको छ । अमेरिकी सैनिक फिर्ता भए सङ्गै तालिबानले आक्रमण तिब्र पारिरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।