Logo

२०८३, आश्विन ९गते


images
images

विश्व वातावरण दिवसमा पाल्पा सिमेन्टले गर्यो वृक्षारोपण

विश्व वातावरण दिवसमा पाल्पा सिमेन्टले गर्यो वृक्षारोपण

images
  • सेतोमसी सहकर्मी
  • विश्व वातावरण दिवसमा पाल्पा सिमेन्टले गर्यो वृक्षारोपण
    images
    images

    देवदह । विश्व वातावरण दिवसको अवसरमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले वृक्षारोपण गरेको छ । बुधबार सुनवल नगरपालिका वडा नं ७ का वडाअध्यक्ष नारायणप्रसाद आचार्यको उपस्थितिमा फ्याक्ट्री कम्पाउन्डमा वृक्षारोपण गरिएको कम्पनीका प्रबन्धक जीवन निरौलाले जानकारी दिए । 

    images
    images
    images

    उद्योग संचालन मार्फत रोजगारी वृद्धि गर्नेसंगै बातावरणलाई जोगाउने र ग्लोबल वार्मिङ्गलाई नियन्त्रण गर्ने कार्यमा उद्योगले योगदान गर्नुपर्छ भन्ने मान्यता सहित वृक्षारोपण गरिएको कम्पनीले जनाएको छ । आगामी वर्षदेखि वार्षिक क्यालेन्डरमै वातावरण दिवसमा वृक्षारोपण गर्ने कार्यक्रम राखेर यसलाई निरन्तरता दिने प्रबन्धक निरौलाले बताए । IMG-20240605-WA0003.jpg

    images
    images
    images

    कार्यक्रममा कम्पनीका कार्यकारी प्रमुख अतुल डालमिया, स्थानीय विद्यालय र संघसंस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।  

    images
    images
    images

    संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने राष्ट्रिय नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदै छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व वातावरण दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।