Logo

२०८३, आश्विन ९गते


images
images

विश्व वातावरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम

विश्व वातावरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम

images
  • सेतोमसी सहकर्मी
  • विश्व वातावरण दिवसको अवसरमा सरसफाइ कार्यक्रम
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा. वि ले ५२ औँ विश्व वातावरण दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । ‘‘हाम्रो भूमि हाम्रो भविष्य हामी पुस्ताका पुनस्थापना हौँ ’’भन्ने नारा सहित विद्यालय हाताभित्रबाट सरसफाइ गर्दै संगम टोल हुँदै गोठादिमार्ग, संगम चोक सम्म सरसफाइ गरिएको थियो ।

    images
    images
    images

    उक्त कार्यक्रम विद्यार्थीहरूलाई विश्व वातावरण दिवसको अवसरमा सरसफाइ प्रति प्रेरित गर्दै सरसफाइमा ध्यान दिन र वातावरण संरक्षण गर्न विशेष जोड दिइएको थियो । उक्त कार्यक्रममा कक्षा ८, ९ र १० का २०० जना विद्यार्थीहरू सहभागि भएका थिए ।

    images
    images
    images

    उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेको प्रमुख आतिथ्यता विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनन्तराम भण्डारीको अध्यक्षता, विद्यालयका मा.वि इन्चार्ज तथा परीक्षा संयोजक वेद सूर्यवंशीको स्वागत तथा विद्यालयका शिक्षक विश्वास घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images

    उक्त कार्यक्रममा शिक्षक डिलाराम भुसाल, सञ्जय गुरुङ्ग, समिक्षा अधिकारी, अञ्जना ओली, मनमाया रुचाल, सन्जीव पाण्डे, ढुण्डिराज मरासिनी, बलराम ज्ञवाली, मुक्ति विश्वकर्म, दुर्गा ढुङ्गाना, लगायत शिक्षक शिक्षिकाले विश्व वातावरण दिवसको बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व वातावरण दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।