Logo

२०८३, कार्तिक २८गते


images
images

शिक्षक सरुवा निर्देशिकाको विरोधमा विद्यालय व्यवस्थापन समिति

शिक्षक सरुवा निर्देशिकाको विरोधमा विद्यालय व्यवस्थापन समिति

images
  • सेतोमसी सहकर्मी
  • शिक्षक सरुवा निर्देशिकाको विरोधमा विद्यालय व्यवस्थापन समिति
    images

    राजेश पराजुली, पोखरा । पोखरा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले सरकारले ल्याएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका विरोध गरेको छ ।

    images
    images
    images

    पोखरामा शनिबार केन्द्रीय पदाधिकारीका बैठकको निर्णय सुनाउदै विद्यालय सञ्चालन र गुणस्तर कायम बाधा पुग्ने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तानले जानकारी दिए ।

    images
    images
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०६१ साल जेठ १३ गते जारी गरिएको शिक्षक सरुवा सम्बन्धी निर्देशिका र शिक्षक सरुवामा विद्यालय व्यस्थापन समितिको सहमति नचाहिने प्रावधानले विद्यालय सञ्चालन र गुणस्तर कायम बाधा पुग्ने समितिको ठहर छ ।

    images
    images

    पोखरा दुई दिन सम्म भएको बैठकले विद्यालयको आवश्यकता अनुसारको शिक्षकको टिम निर्माण गर्दै गुणस्तर कायम तथा सञ्चालन गर्न अप्ठ्रो पर्ने अध्यक्ष मुक्तानले बताए ।

    त्यसले गर्दा विद्यालयहरुमा प्रकृयागत रुपमा सरुवा भएको शिक्षकहरुबाट गुणस्तर कायम गर्न बाधा पर्ने, अधिकांश सामुदायिक विद्यालयहरुमा तल्लो तहको शिक्षकले माथिल्लो तहमा विद्यालयको आवश्यकता अनुसार पठन पाठन गर्दै आएको बाधा पर्ने उनले उल्लेख गरे । शिक्षक सरुवा सम्बन्धी निर्देशिका लागु गरेमा आफुहरु आन्दोलनमा उत्रिने उनको भनाई थियो ।

    निर्देशिका प्रचलित शिक्षा नियमावली २०५९ को नियम ९९ को उपनियम १ को प्रावधान र मम विपरित भएकाले निर्देशिका सच्याएर शिक्षक व्यवस्थापन प्रकृयामा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अधिकार, कर्तव्य जिम्मेवारी बनाउनु पर्ने सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका महासचिब दुर्गानन्द ठाकुरले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।