Logo

२०८३, कार्तिक २८गते


images
images

महिलामाथि कुटपिट गर्ने तीन जना पक्राउ

महिलामाथि कुटपिट गर्ने तीन जना पक्राउ

images
  • महिलामाथि कुटपिट गर्ने तीन जना पक्राउ
    images

    परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा घरायसी विवादका क्रममा महिलामाथि कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

    images
    images
    images

    पाल्हीनन्दन गाउँपालिका–५ विष्णुपुरामा ४६ वर्षीया सावित्रीदेवी गुप्ता र उनकी २३ वर्षीया छोरी पूजा कुमारी गुप्तामाथि कुटपिट भएको हो । सोही ठाउँका ४८ वर्षीय विनोद गुप्ता, २४ वर्षीय सिद्धेश्वर गुप्ता र २७ वर्षीय अजय गुप्ताले लाठी तथा भाटासमेत प्रयोग गरी उनीहरूमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images
    images

    घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको थियो। पीडित पूजा कुमारी गुप्ताको जाहेरीका आधारमा प्रहरीले विनोद, सिद्धेश्वर र अजय गुप्तालाई पक्राउ गरेको हो ।

    images
    images

    पक्राउ परेका तीनै जनाविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।