Logo

२०८३, कार्तिक २८गते


images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

images
  • सेतोमसी सहकर्मी
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै
    images

    राजेश पराजुली, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । त्यसका लागि आज ३ बजे बैठक डाकिएको छ । दलहरूसँगको छलफलपछि नै उनले संसद फेस गर्न लागेका हुन् ।

    images
    images
    images

    मुख्यमन्त्रीले मत माग्ने कार्यलाई तीव्रता दिएका छन् । उनले आइतबार नेकपा एमालेसँग पत्र लेखेर मत मागेका थिए । उनले विश्वासको मत पुर्याउन फलामको चिउरा चपाउनु सरह छ ।

    images
    images
    images

    मुख्यमन्त्रीलाई विश्वासको मत दिने गरी कुनै पनि दलले निर्णय गरेको छैन । प्रदेशमा दुई सिट रहेको राप्रपाले केन्द्रको निर्णय कुरेर बसेको छ । राप्रपाले मत दिइहालेमा पनि अझै दुई सिट नपुग्ने निश्चित छ ।

    images
    images

    स्वतन्त्र सांसद राजीव गुरुङले एक सिट मात्र नपुगे आफू बाधक नबन्ने स्पष्ट पारेका छन् । उनले ३० सिट पुर्याएमा आफूले मत दिने बताउँदै आएका छन् ।

    प्रदेसभामा २७ सिटसहित ठूलो दल पार्टी नेपाली कांग्रेसका दलका नेता पाण्डेलाई सर्वोच्च अदालतको परमादेशअनुसार धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

    पाण्डेले विश्वासको मत नपाए गण्डकीमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम सरकार बनाउने बाटो खुला हुन्छ ।

    सत्तापक्ष र प्रतिपक्ष दुवै उपधारा (५) मा जाने रणनीतिमा छन् । यदि उपधारा (३) को सरकार ढल्यो भने ५ मा आफैँले बहुमत देखाएर मुख्यमन्त्री दाबी गर्ने योजना पाण्डेको छ ।

    दलका सांसदलाई यो उपधारा अनुसार दलको ह्वीप लाग्दैन । त्यसैले आफ्नो पक्षमा बहुमत पुग्ने पाण्डेको विश्वास छ ।

    विपक्षी दलहरु पनि उपधारा ५ मै मुख्यमन्त्री दाबी गर्ने र प्रदेश प्रमुख अनुकूल भएका कारण मुख्यमन्त्री नियुक्त हुने रणनीतिमा छन् । दुवै पक्ष उपधारा (५) अनुसार विश्वासको मत नपाए पनि कम्तीमा चुनावी सरकारको नेतृत्व गर्ने रणनीतिमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।