Logo

२०८३, कार्तिक २८गते


images
images

कैलालीमा दलहनबाली उत्पादन बढ्यो

कैलालीमा दलहनबाली उत्पादन बढ्यो

images
  • सेतोमसी सहकर्मी
  • कैलालीमा दलहनबाली उत्पादन बढ्यो
    images

    गोदावरी । कैलालीमा गत वर्षको तुलनामा यस वर्ष दलहनबाली उत्पादनमा वृद्धि भएको छ । 

    images
    images
    images

    कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार गत वर्ष नौ हजार पाँच सय चार हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा आठ हजार सात सय ७० मेट्रिकटन दलहनबाली उत्पादन भएको थियो । 

    images
    images
    images

    केन्द्रका सूचना अधिकारी श्यामराज जोशीले यस वर्ष नौ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार पाँच सय २० मेट्रिकटन  उत्पादन भएको बताए ।

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष एक हजार सात सय २१ मेट्रिकटन बढी दलहबाली उत्पादन भएको उनले बताए। कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको भन्दा यस वर्ष १६ हेक्टर बढी क्षेत्रफलमा दलहन खेती गरिएको हो ।

    जिल्लामा यस वर्ष मसुरो ९एकल बाली० चार हजार एक सय १२ र मसुरो (घुसुवा बाली) पाँच हजार ६० गरी कूल नौ हजार एक सय ७२ हेक्टर क्षेत्रफलमा मसुरो खेती गरिएको जनाइएको छ । गत वर्ष नौ हजार एक सय ६२ हेक्टरमा मसुरो खेती गरिएको थियो ।

    कृषि ज्ञान केन्द्रले दिएको जानकारीअनुसार कैलालीमा यस वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा पाँच हजार एक सय ४० मेट्रिकटन, मसुरो (घुसुवा बाली) पाँच हजार ६० हेक्टर क्षेत्रफलमा तीन हजार एक सय ८८ मेट्रिकटन गरी कूल आठ हजार तीन सय २६ मेट्रिकटन उत्पादन भएको छ । 

    गत वर्ष मसुरो (एकल बाली) चार हजार एक सय १२ हेक्टरमा तीन हजार आठ सय ८० मेट्रिकटन, मसुरो (घुसुवा बाली)पाँच हजार ५० हेक्टर क्षेत्रफलमा दुई हजार आठ सय ७८ मेट्रिकटन गरी छ हजार सात सय ५८ मेट्रिकटन उत्पादन भएको थियो । 

    यस वर्ष बोडी ९२, चना एक सय ३२ र केराउ दुई सय १६ गरी चार सय ४० हेक्टरमा दुई हजार दुई सय २७ मेट्रिकटन दलहन उत्पादन भएको छ । गत वर्षको भन्दा यस वर्ष दलहन बालीका लागि आवश्यक पर्ने हावापानीको अनुकूल समय रहेकाले उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दलहनबाली उत्पादन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।