Logo

२०८३, कार्तिक २८गते


images
images

वातावरणीय सेवा भुक्तानी सम्बन्धि ऐन बनाउन माग

वातावरणीय सेवा भुक्तानी सम्बन्धि ऐन बनाउन माग

images
  • सेतोमसी सहकर्मी
  • वातावरणीय सेवा भुक्तानी सम्बन्धि ऐन बनाउन माग
    images

    दाङ । सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाले वातावरणीय सेवा भुक्तानी सम्बन्धि ऐन बनाउन माग गरेको छ । सोमबार लुम्बिनी प्रदेशका सभामुख  सभामुख तुलाराम घर्ती मगरलाई ऐनको मस्यौदा बुझाउँदै ऐन बनाउन माग गरिएको हो । 

    images
    images
    images

    समितिका अध्यक्ष दल बहादुर गुरुङको नेतृत्वमा टोलीले दिएको मस्यौदा बुझ्दै सभामुख घर्ती मगरले वातावरणीय सेवा भुक्तानी सम्बन्धि कानुन बनाउन आफूले पहल गर्ने बताए । स्थानीयको सक्रियताबाटै सामुदायिक वन तथा बातावरणका साथै जलाधार क्षेत्रको ससंरक्षण भएको बताउंदै उनले त्यसको लाभ जनताले नै लिन पाउनुपर्छ भन्ने कुरा न्यायोचित रहेको विचार व्यक्त गरे ।

    images
    images
    images

    मस्यौदामा तिनाउ नदी क्षेत्रलाई आधार मानी तल्लो तटिय र माथिल्लो तटिय क्षेत्रका वासिन्दाहरु लाभान्वीत हुने गरी कानुन बनाउन आवश्यक रहेको उल्लेख छ ।  जसमा तिनाउ नदीको जलाधार क्षेत्रको संरक्षण र विकासको लागि मस्यौदामा परिषदको परिकल्पना गरिएको छ । वन तथा वातावरण मन्त्री अध्यक्ष रहने गरी परिषद गठन गर्नुपर्ने वन समन्वय समितिको माग छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वातावरणीय सेवा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।