Logo

२०८३, आश्विन १०गते


images
images

गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीलाई

गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीलाई

images
  • सेतोमसी सहकर्मी
  • गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि कास्कीलाई
    images
    images

    राजेश पराजुली, पोखरा ।  गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्की जिल्लाले जितेको छ । पोखरा रंगशालामा सोमबार सम्पन्न फाइनलमा तनहुँलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै उपाधि जितेको हो ।

    images
    images
    images

    उपाधि संगै कास्कीले नगद २ लाख जितेको छ भने उपविजेता तनहुँले नगद १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

    images
    images
    images

    निर्धारित समयमा दुबै टिम गोल गर्न असफल बने पछि खेल टाइब्रेकरमा धकेलिएको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो ।

    images
    images
    images

    यता तनहुँका लागि दिपेश आले, शान्त बहादुर गुरुङ र आश बहादुर गुरुङको प्रहार गोलमा परिणत हुँदा देव गुरुङको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिंदा सजिन थापाको प्रहारलाई कास्कीका गोल किपर आकाश रानाभाटले बचाउ गरेका थिए ।

    यस अघि निर्धारित समयमा कमजोर फिनिसिङका कारण दुबै टिम गोल गर्न असफल रहेका थिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तनहुँका शन्त बहादुर गुरुङ घोषित हुँदै नगद रु १० हजार हात पारे ।

    त्यस्तै कास्कीका आकाश रानाभाट उत्कृष्ट गोलकिपर, कास्कीकै योगेश गुरुङ उत्कृष्ट डिफेन्डर, तनहुँका लक्षु थापा इमर्जिङ प्लेयर, कास्कीका विशन गुरुङ उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षक कास्कीका सन्तोष केसी घोषित भए ।

    उत्कृष्ट घोषित भएका सबैले जनही नगद रु ५ हजारका साथमा ट्रफी प्राप्त गरेको गण्डकी प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले बताए ।

    प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको ब्यवस्थापनमा सम्पन्न प्रतियोगितामा बिजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, अखिल नेपाल फुटबल संघ एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, संघका बरिष्ठ उपाध्यक्ष मिलन गुरुङ, प्रदेश खेलकुदका सल्लाहकार सुनिल गुरुङ, आग्रज समाजसेवी टिका कार्कीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

    सो अवसरमा बोल्दै प्रदेश खेलकुदका उपाध्यक्ष गुरुङले पछिल्लो क्रममा परिषदले खेलकुद विकासका लागि विभिन्न प्रतियोगिताहरु तय गरेको जनाउँदै पोखरालाई पर्यटनको शहरका रुपमा मात्रै नभई खेल पर्यटन हवको रुपमा विकास गर्न सबैको सहयोग र सहकार्यको खाँचो रहेको औंल्याए ।

    कार्यक्रममा एन्फाका केन्द्रिय निवर्तमान अध्यक्ष शेर्पाले पछिल्लो समय नेपाली फुटबलको अवस्था खस्किंदै गएको अवस्था प्रति चिन्ता व्यक्त गर्दै फुटबल विकासका लागि जिल्ला र प्रदेश लिगहरुको आयोजनालाई अघि बढाउनुपर्ने बताए ।

    समापन कार्यक्रम प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।