Logo

२०८३, कार्तिक २८गते


images
images

आज विश्व बालश्रमविरुद्धको दिवस मनाइँदै

आज विश्व बालश्रमविरुद्धको दिवस मनाइँदै

images
  • सेतोमसी सहकर्मी
  • आज विश्व बालश्रमविरुद्धको दिवस मनाइँदै
    images

    राजेश पराजुली, पोखरा । आज विश्व बालश्रमविरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । यस वर्ष ‘आआफ्नो प्रतिवद्धतामा विचार गरौं र बालश्रम अन्त गरौं’ भन्ने नाराका साथ विश्व बालश्रमविरुद्धको दिवस विश्वभर मनाउन लागिएको हो ।

    images
    images
    images

    विश्व बाल श्रम विरुद्ध सरकार, रोजगारदाता, श्रमिक सङ्गठनहरू, नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्धार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ ।

    images
    images
    images

    सन् १९९० मा नेपालले संयुक्त राष्ट्र सङ्घको बाल अधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल श्रम विरुद्धको विविध कार्य सञ्चालन गरी बालबालिकाको हक अधिकार सम्बन्धी कार्य गर्दै आएको छ ।

    images
    images

    अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले पनि सन् २००२ बाट यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो ।

    नेपालमा पनि बालश्रमका घटनाहरू धेरै हुने गरेको पाइन्छ । केही वर्ष यता झन्डै एक लाखको दरले बालश्रम घट्दै गए पनि अझै ५ देखि १७ वर्षसम्मका ११ लाख बालबालिका बालश्रममा रहेको तथ्याङ्क छ । तीमध्ये दुई लाख २२ हजार चार सय ९३ जना जोखिमपूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ ।

    नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगटेको आकलन छ ।

    नेपालमा रहेको मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बालश्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।