Logo

२०८३, आश्विन १०गते


images
images

युरोकपको १७औँ संस्करण आजदेखि

युरोकपको १७औँ संस्करण आजदेखि

images
  • सेतोमसी सहकर्मी
  • युरोकपको १७औँ संस्करण आजदेखि
    images
    images

    काठमाडौं । युरोकपको १७औँ  संस्करण आजदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ ।

    images
    images
    images

    युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ ।

    images
    images
    images

    युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा इंग्ल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

    images
    images
    images

    युरोकप उपाधि इतिहास यस्तो छ अहिलेसम्म १६ पटक सम्पन्न यो प्रतियोगिताको सबै भन्दा धेरै उपाधि जर्मनी र स्पेनले जितेका छन् ।

    जर्मनी र स्पेनले ३–३ पटक युरोकप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा र स्पेनले १९६४, २००८ र १०१२ मा युरोकप जितेका थिए ।

    त्यस्तै इटाली र फ्रान्सले २–२ पटक युरोकपको उपाधि जितेका छन् । इटालीले १९६८ र २०२० मा युरोकप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरोकप जितेको थियो

    त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि विभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ ।

    यसैगरी, रसियाले १९६०, पोर्चुगलले २०१६, नेदरल्याण्डसले १९८८, डेनमार्कले १९९२ र ग्रिसले २००४ को युरोकपको उपाधि जितेका थिए ।

    इंग्ल्याण्ड सन् २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरोकप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युरोकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।