Logo

२०८३, कार्तिक २८गते


images
images

बंगलादेश – पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

बंगलादेश – पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी

images
  • सेतोमसी सहकर्मी
  • बंगलादेश – पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी
    images

    राजेश पराजुली, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको निजी वायुसेवा कम्पनी ‘एयर एस्ट्रा’ले सीधा उडानको तयारी थालेको छ ।

    images
    images
    images

    एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि प्रक्रिया अगाडि बढाएको हो । पोखरामा उडान सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एयर एस्ट्राले निरन्तर सम्पर्क गरिरहेको नागरिक उड्डयनले प्राधिकरण जनाएको छ ।

    images
    images
    images

    नेपालको पर्यटकीय राजधानी पोखरामा १७ पुस ०७९ बाट सञ्चालनमा आएको विमानस्थलमा अहिलेसम्म एउटै नियमित उडान हुन सकेको छैन ।

    images
    images

    ढाकाबाट पोखरामा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि एयर एस्ट्राको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) कम्पनीका प्रनितिधिले निरन्तर ताकेता गरिरहेको मन्त्रालयले जनाएको छ । त्यसो त एयर एस्ट्रा ढाका–काठमाडौं–ढाका रुटमा पनि उडान गर्न इच्छुक रहेको बताइन्छ ।

    पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर एस्ट्राको पोखरा उडानको प्रस्तावलाई अवसरका रूपमा लिएको छ । एयर एस्ट्राको पनि पहिलो अन्तर्राष्ट्रिय उडान सेवा हुनेछ । अहिले एयर एस्ट्राले बंगलादेशमा एटिआर ७२–६०० विमानमार्फत आन्तरिक उडान सेवा दिँदै आएको छ ।

    अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालकै हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एयर एस्ट्रा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।