Logo

२०८३, आश्विन १०गते


images
images

‘मेड इन नेपाल’ हुन्डाई भेन्यूको बिक्री सुरु

‘मेड इन नेपाल’ हुन्डाई भेन्यूको बिक्री सुरु

images
  • सेतोमसी सहकर्मी
  • ‘मेड इन नेपाल’ हुन्डाई भेन्यूको बिक्री सुरु
    images
    images

    राजेश पराजुली पोखरा । नेपालका लागि हुन्डाई मोटर कम्पनीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनबाट नेपालमा नै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन गरी विक्री सुरु गरेको छ ।

    images
    images
    images

    लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा हुन्डाई भेन्यू मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरू हुन्डाई मोटर कम्पनी, कोरिया वा इन्डियामा बन्ने सोही मोडलका गाडीहरू सरह कै रहेको कम्पनीले दाबी गरेको छ ।

    images
    images
    images

    प्रथम चरणमा हुन्डाई भेन्यूका दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केही समय भित्र नै थप अरू भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको जनाएको छ ।

    images
    images
    images

    हाल विक्री सुरु गरिएको भेन्यू एफएल १.२ एसको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, भेन्यू एफएल १.२ एसएक्सको मूल्य ५३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हुन्डाई भेन्यू
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।