नयाँ बर्षको शुभकामना
देशको धुरी खाँबो नढलोस
राजनीतिमा रास्ट्रवाद नमरोस
नजलुन सुकुम्बासीका झुपडीहरु
नमारुन हुकुम्बासिले थपडीहरु ।
नचुलियोस वर्गिय असमानताका खाडल
नबढारियोस गरिबका आँगनहरु ।
नबढोस गरिबिका चुलिहरु
नचढोस सोझा-सिधा सुलिहरु
नचलुन स्वार्थका छुरीहरु
नआउन भ्रष्टाचारका हुरिहरु
नढलुन जनआस्थाका धुरीहरु
नपाकुन रास्ट्रघातका पुरीहरु।
बनिरहोस भातृयता
रहिरहोस आत्मियता
नमरोस गरिबिका आशाहरु
नझरोस चुलिएका भरोसाहरु ।
नपरोस परदेशमा कसैले मर्न
नपरोस घरदेशमा कसैले जल्न ।
ननिभोस चुलोमा आगो
नचुढियोस सम्बन्धको धागो
बैनिहरु हाँसी रहुन
भाईहरु नाँची रहुन
फुलिरहोस फुलहरु
डुलिरहोस भवँराहरु
झुलिरहोस धानहरु
चुलिरहोस मानहरु ।
टुटफुट नहोस दलमा
लुटपाट नहोस देशमा
पत्रकारले भ्रम नछरोस
जनताको श्रम नमरोस
कोरोना हट्दै जाओस
करुणा जाग्दै आओस
पशुपतिनाथ, गुहेश्वरी, माता मनकामना
२०७८ सालको सबैमा हार्दिक शुभकामना ।
✍️ रामचन्द्र तिम्सिना (आवाज)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology