Logo

२०८३, आश्विन १२गते


images
images

काठजन्य वस्तुको हस्तकला तालिम सम्पन्न

काठजन्य वस्तुको हस्तकला तालिम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • काठजन्य वस्तुको हस्तकला तालिम सम्पन्न
    images
    images

    देवदह ।  देवदहमा संचालित तिन हप्ते काठजन्य वस्तुको हस्तकला तालिम सकिएको छ । जैविक विविधता तथा जलाधार व्यवसाय कार्यक्रम अन्तर्गत जेठ १३ गते सुरू भएको तालिमको आइताबार एक कार्यक्रमा बीच समापन गरिएको हो । 

    images
    images
    images

    सामुदायिक वन अध्ययन केन्द्र काठमाडौको आयोजना, डिभिजन वन कार्यालय रुपन्देहीको सहजीकरण र बुद्ध सामुदायिक वन उपभोक्ता समुहको व्यवस्थापनमा संचालित तालिम युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नको लागि सीप प्रदान गर्ने गरी आयोजना गरिएको जनाइएको छ । 

    images
    images
    images

    तालिमले युवाहरुलाई स्वदेशमै रोजगारको सृजना गर्ने गरी २१ दिने काठजन्य वस्तु हस्तकला तालिमको आयोजना गरिएको बुद्ध सामुदायिक वनका अध्यक्ष टेकबहादुर रानाले बताए । 

    images
    images
    images

    देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आतिथ्यतामा आयोजित समापन समारोहमा बोल्ने वक्ताहरूले देवदह भगवान गौतम बुद्धको मावलीस्थल रहेकोले काठजन्य वस्तुको हस्तकला तालिमले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पु¥याउने बताएका थिए । उनीहरुले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवसायीक बनाउन सके आर्थिक रुपले समेल सवल हुनेमा जोड दिए । 

    नेपालमा काठजन्य कच्चा पदार्थ प्रशस्त मात्र पाईने भएकोले काठमा कला भरेर देवदह क्षेत्रमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई विक्रि वितरण गर्न सकिनेमा वक्ताको विचार छ । उनीहरुले ज्ञान र सीपलाई व्यवसायसंग जोडन आवश्यक रहेको बताउदै युवाहरुले उत्पादन गरेका हस्कतला सामाग्रीको बजारीकरण गर्ने दायित्व सरकारको रहेको बताए । काठ जन्य वस्तुबाट निर्मित हस्तकलालाई देवदहको चिनोको रुपमा प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ । 

    कार्यक्रममा सामुदायिक वन अध्ययन केन्द्रका शोभा सुवेदी, लुम्बिनी प्रदेश वन निर्देशनालयका निर्देशक दधीराम कडेल, डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख प्रभात सापकोटा, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, देवदह आर्दश बहुमुखी क्याम्पस अध्यक्ष वासुदेव रिमाल, प्रशिक्षक सप्तराज बज्रचार्य, प्रशिक्षार्थी सुजन राना लगायतले आ–आफना भनाई राखेका थिए । 

    बुद्ध सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकबहादुर रानाको स्वागत र सचिव राधिका अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # काठजन्य वस्तु
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।