राजेश पराजुली, पोखरा । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको क्यान्टीनमा म्याद गुज्रेका र अखाद्य बस्तु विक्री गरेको पाइएको छ । उपभोक्ताले म्याद गुज्रेको विस्कुट विक्री गरेको सूचना दिए पछि जिल्ला अनुगमन समितिले अनुगम गरेको हो ।
अनुगमनका क्रममा म्याद गुज्रेका अखाद्य बस्तु बिक्री गरेको पाइएको बजार अनुगमन समितिका संयोजक रहेका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
अनुगमन समिति पुग्दा थप विस्कुटमा भने भ्याद गुज्रेको भेटिएन । तर, लेबल नभएको १० प्याकेट दुनोट भने जफत गरिएको क्षेत्रीले जानकारी दिए ।
क्यान्टिनले अधिकतम मुल्यभन्दा चर्को मुल्य लिएको गुनासो आएको उनको भनाइ छ । खाद्य र अखाद्य बस्तु एकै ठाउँमा राखेर विक्री गरेको भेटिएको छ ।
क्यान्टिनबाट खाद्य बस्तुमा प्रतिबन्धित रसायन ज्योती हाइड्रो केमिकल फेला परेको छ । रसायन परीक्षण गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा पठाइएको छ ।
क्यान्टिनमा सरसफाई नगरेको र मूल्यसूचि पनि राखिएको छैन । अनुगमन टोलीले क्यान्टिन सञ्चालक कुमारी शाहलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।
उपभोक्ता हितविपरीतको कसुर गरेकाले कारबाही गरिने सहायक जिल्ला अधिकारी क्षेत्रीले बताए । गतवर्ष पनि अनुगमनका क्रममा समितिले म्याद गुज्रेका अखाद्य बस्तु विक्री गरेकाले ४० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology