Logo

२०८३, श्रावण ३०गते


images
images

कास्की कांग्रेसले पोखरा महानगरलाई बुझायो १८ बुँदे ज्ञापनपत्र

कास्की कांग्रेसले पोखरा महानगरलाई बुझायो १८ बुँदे ज्ञापनपत्र

images
  • सेतोमसी सहकर्मी
  • कास्की कांग्रेसले पोखरा महानगरलाई बुझायो १८ बुँदे ज्ञापनपत्र
    images
    images

    राजेश पराजुली, पोखरा । नेपाली कांग्रेस कास्कीले पोखराका मयेर धनराज आचार्यलाई १८ बुदे ज्ञापनपत्र बुझाएको छ । काग्रेसले पोखरा महानगरपालिका गर्नु पर्ने सुधार समेटेर १८ बुदे सुझाब सहितको ज्ञापनपत्र बुझाएको हो । पोखरा महानगरपालिकाका बेरुजु रकम घटाउन कार्यसम्पादनमा ध्यान दिनुपर्ने, करहरुलाई सर्वसुलभ र वैज्ञानिक प्रणाली अनुसार तय गर्नु पर्ने, पोखराको तालचोक देखि बेगनासतालसम्मको सडक निर्माणलाई तिव्रता दिनुपर्ने माग छ ।

    images
    images
    images

    त्यसै गरी पोखरा बसपार्क र विन्ध्यवासीनि बसपार्कलाई व्यवस्थित र अत्याधुनिक बनाउनु पर्ने, पोखराको फोहार मैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल साइट बनाउनु पर्ने, पोखरा महानगरपालिका भित्र रहेका ताल तलैयाको सौन्दरीकरण, ऐतिहासिक प्राकृतिक सम्पदाहरुको संरक्षण, मठमन्दिरको व्यवस्थापन गर्न सुझाब दिएको छ ।

    images
    images
    images

    पोखरा महानगरपालिकाका मयेर धनराज आचार्यले बेरुजु घटाउन समिति बनाएको, मठमन्दिरको व्यवस्थापन गर्ने, सडक निमार्णका कामलाई तिब्रता दिएको, खानेपानीको समस्या हट्दै गएको बताए ।

    images
    images
    images

    यस्तो १८ बुदा

    १. महानगरपालिकामा ठूलो परिणाममा बेरुजु रकम रहेकाले सो को व्यवस्थापन र चालु आर्थिक वर्षमा बेरुजु नहुने गरी कार्यसम्पादन तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

    २. पोखरा महानगरपालिकाले लिदै आएका विभिन्न शिर्षकका करहरुलाई सर्वसुलभ र वैज्ञानिक प्रणाली अनुसार तय गर्न आवश्यक छ।

    ३. पोखराको तालचोक देखि बेगनासतालसम्मको सडक निर्माण कार्य सुस्त गतिमा रहेकाले निर्माण कार्यलाई तिव्रता दिन आवश्यक छ। साथै डिपिआरमा भएका त्रुटीलाई सच्याउन ध्यानाकर्षण गराउँछौं ।

    ४. पोखराका पोखरा बसपार्क र बाग्लुङ्ग बसपार्कलाई व्यवस्थित र अत्याधुनिक बनाउनका लागि वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।

    ५. पोखराको फोहार मैला व्यवस्थापनका लागि स्थायी ल्याण्डफिल साइट नहुँदा समस्या भएकाले प्रशीधन सहितको ल्याण्डफिल साइट आवश्यक देखिएको छ ।

    ६. पोखरा महानगरपालिका भित्र रहेका ताल तलैयाको सौन्देदीकरण, ऐतिहासिक प्राकृतिक सम्पदाहरुको संरक्षण, मठमन्दिर, गुफा र सेती नदी लगायतका अन्य खोलानालाहरुको उचित व्यवस्थापनमा केन्द्रीत हुन अनुरोध गर्दछौ ।

    ७. पोखराको अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्नका लागि संघ र प्रदेशसँग समन्वय गरी अगाडी बढ्न र विमानस्थलको प्रवेशद्वारबाट लेकसाइडसम्म भित्ररी फाष्ट ट्याकको व्यवस्था मिलाउने तर्फ ध्यानदिन जरुरी देखिएको छ । पोखरालाई पर्यटकीय राजधानीको शहर घोषणा गरिसकिएको अवस्थामा आवश्यक पूर्वाधार निर्माणका लागि अगाडी बढ्न पनि ध्यानाकर्षण गराउँछौ ।

    ८. पोखरामा अव्यवस्थित पार्किड रहेकाले प्रदेश सरकारसँग समन्वय गरी बहुतले पार्किङको व्यवस्था मिलाउनुपर्ने देखिएको छ।

    ९. पोखराका ३३ वडाहरुबाट प्रदुषण मुक्त नागरिक मैत्री सार्वजनिक यातायात संचालनमा पहल गर्न बनुरोध छ। पोखरामा अव्यवस्थित पार्किड रहेकाले प्रदेश सरकारसँग समन्वय गरी बहुतले पार्किङको व्यवस्था मिलाउनुपर्ने देखिएको छ।

    १०. पोखरालाई स्मार्ट सिटि बनाउने प्रतिवद्वता कार्यान्वयनलाई प्राथमिकता दिन आवश्यक देखिन्छ ।

    ११. वर्षाको समयमा पोखराका विभिन्न स्थानहरुमा हुने गरेका दुर्घटना न्यूनिकरणका लागि ढल व्यवस्थानमा ध्यान दिन र सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक लाइट लाई व्यवस्थित बनाउन आवश्यक देखिन्छ ।

    १२. पोखरा महानगर भित्र रहेको औद्योगिक क्षेत्र अव्यवस्थित र प्रदुषित भएको जनगुनासो आएकाले उपयुक्त स्थानमा स्थानन्तरण गरी अत्याधुनिक औद्योगिक क्षेत्र निर्माणमा पहल गर्ने तर्फ ध्यान दिन अनुरोध छ ।

    १३. जनताका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, खेलकुद र पर्यटनलाई विशेष प्राथमिकता दिएर कार्यक्रम ल्याउन ध्यानाकर्षण गराउँछौं ।

    १४. पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आवश्यका महसुस भएकाले उचित स्थानमा निर्माण कार्य अधि बढाउनुपर्ने तर्फ ध्यान दिन आवश्यक छ ।

    १५. पोखरामा खानेपानीको अभाव देखिएकाले समस्याको समाधान गर्दै खानेपानीको उचित व्यवस्था मिलाउने तर्फ ध्यान दिन अनुरोध छ ।

    १६. पुष्पलाल मध्यपहाडी लोकमार्गको बिबाद समाधान गर्न र पोखरा मुग्लिङ सडकको निर्माण कार्य सुस्त गतिमा भएकाले निर्माण कार्यलाई तिव्र बनाउन ध्यानाकर्षण गराउँछौं ।

    १७. पोखरामा रहेका विद्युतका पोलहरुमा अव्यस्थित रुपमा रहेका विभिन्न तारहरुको उचित व्यवस्थानका लागि सम्बन्धित निकायसँग समन्वय गरी पोखराको सौन्दयीकरणमा ध्यान दिन आवश्यक छ ।

    १८. पोखराका सडक सुधार र स्मृट लाइट जडान कार्यमा ध्यान दिन आग्रह गर्दछौ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।