Logo

२०८३, श्रावण ३०गते


images
images

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

पोखरा २६ को योजना महिलाले छनौट गर्ने

images
  • सेतोमसी सहकर्मी
  • पोखरा २६ को योजना महिलाले छनौट गर्ने
    images
    images

    राजेश पराजुली, पोखरा ।  पोखरा महानगरपालिका वडा नम्बर २६ ले आगामी आर्थिक बर्ष २०८१/०८२ का योजना छनौट गर्ने जिम्मा महिलाहरुलाई दिएको छ । वडा भित्र रहेका विभिन्न आमा तथा महिला समूहलाई आगामी आर्थिक बर्षको योजना छनौट गर्ने जिम्मा दिईएको वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए ।

    images
    images
    images

    मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनौटको जिम्मा दिइएको अध्यक्ष थापाले बताए । वडा भित्रका महिला तथा आमासमूहलाई एक करोडको बजेट सिलिङ भित्र सवैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे । बजेट निर्माणमा पुरुषले कुनै हस्तक्षेप नगर्ने उल्लेख गर्दै, अध्यक्ष थापाले महिला जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहको तर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिईएको बताए ।

    images
    images
    images

    योजना छनौटका लागि वडाले महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न संघसंस्थाका प्रतिनिधि र राजनितिक दलका स्थानीय नेतृत्वलाई स्थलगत अध्ययन र चालु आ.ब मा गरेका कामहरुको प्रगतीका बारेमा वडा भ्रमण गराएको थियो ।

    images
    images
    images

    वडाको स्थलगत भ्रमण पछि आयोजित संक्षिप्त कार्यक्रमलाई सम्वोधन गर्दै, वडाध्यक्ष थापाले भौतिक पूर्वाधार तर्फ देखिने गरी विकास भएको उल्लेख गर्दै, अव मानविय संसाधनको विकासमा जोड दिईने उल्लेख गरे । सामाजिक संजालमा सक्रिय भैरहँदा वडा भित्र भएका विकास निर्माण र सकरात्मक कुराहरुको प्रचार गर्न समेत आग्रह गरे ।

    विकास निर्माणका मुद्दामा सवै राजनितिक दल एकठाउँमा हुनु पर्ने उल्लेख गर्दै, अध्यक्ष थापाले वडामा राम्रा काम भएको देख्न नसक्ने केही तत्वले पूर्वाग्रह राखेको बताए । हामीले राम्रो काम गर्दा केहीको निद हराम भएको छ, अध्यक्ष थापाले भने—“हामीले गरेका कामले केहीको राजनिति सकिने चिन्ताले गलत अफवाह फैलाएका छन् ।”

    कार्यक्रममा पूर्वन्यायाधिस बासुदेव न्यौपानेले जनतालाई विकास, समस्या र समाधानका लागि स्थलगत रुपमै भ्रमण गराएर वडाले नमूना काम गरेको बताए । वडालाई युवाले नेतृत्व गर्दा परिणाम स्मार्ट नतिजा आउने उल्लेख गर्दै, जनप्रशासन पनि स्मार्ट बनाउन सुझाव दिए ।

    कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, स्थानीय व्यक्तित्व हरिप्रसाद अधिकारी महिलाहरुको तर्फबाट अम्रिता बराल, युवाका तर्फबाट आर्दश मोहन भट्टराई लगाएतले योजना छनौट विधि महानगरमै नमूना भएको दावी गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।