Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० विश्वकप

विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त

विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त

images
  • सेतोमसी सहकर्मी
  • विश्वकपमा आजदेखि ‘सुपर ८’का खेल : अमेरिका र दक्षिण अफ्रिकाको पहिलो भिडन्त
    images
    images

    काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबारदेखि ‘सुपर ८’ का खेल हुँदैछन्। ‘सुपर ८’ को पहिलो प्रतिस्पर्धा दक्षिण अफ्रिका र अमेरिकाबिच हुँदैछ। यो खेल नेपाली समय अनुसार बुधबार साँझ ८:१५ बजे सुरु हुनेछ।

    images
    images
    images

    दक्षिण अफ्रिका समूह चरणका आठ खेलमा अपराजित रहँदै ‘सुपर ८’पुगेको हो। समूह चरणमा चार जित निकाल्दै समूह ‘डी’को विजेता बनेको साउद अफ्रिकालाई विश्वकपको दाबेदार टिम मानिन्छ।

    images
    images
    images

    समूह चरणको पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको साउथ अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्समाथि चार विकेटको जित निकालेको थियो। तेस्रो खेलमा बंगलादेशमाथि ४ रनले विजयी भएको दक्षिण अफ्रिका नेपालसँगको सनसनीपूर्ण चौथो खेलमा १ रनले विजयी भएको थियो।

    images
    images
    images

    समूह ‘ए’मा रहेको अमेरिका भने समूह चरणका दुई खेलमा जित, एक खेलमा अंक बाँडेको अमेरिका एक खेलमा हारसहित समूहको उपविजेता बन्दै सुपर ८ पुगेको हो।

    पहिलो खेलमा क्यानडामाथि ७ विकेटको शानदार जित निकालेको अमेरिले दोस्रो खेलमा पाकिस्तानसँग सुपर ओभर खेलेको थियो। पाकिस्तानसँग सुपर ओभरमा विजयी भएको अमेरिका तेस्रो खेलमा भारतसँग ७ विकेटले पराजित भयो। चौथो खेलमा भने भारतले आयरल्यान्डसँग अंक बाँडेको हो। अमेरिका पाँच अंक जोड्दै समूहको उपविजेता बनेर ‘सुपर ८’ पुगेको हो।

    आयोजक अमेरिका र दक्षिण अफ्रिकाको सुपर ८ को पहिलो भिडन्तलाई रोचक रुपमा लिइएको छ।

    ‘सुपर ८’ मा खेल्ने आठ टोलीको टुङ्गो यसअघि नै लागिसकेको छ। यी आठ टोली मध्ये समूह १ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बङ्गलादेश छन्। समूह २ मा दक्षिण अफ्रिका, अमेरिका, वेस्ट इन्डिज र इङ्गल्यान्ड छन्। दुई समूहमा विभाजन गरिएका यी आठ टोली मध्ये दुवै समूहबाट शीर्ष टोली सेमिफाइनलमा प्रवेश गर्ने छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।