देवदह । नेपाल स्काउटको ७३ औँ स्थपना दिवसको अवसरमा देवदहमा सरसफाई कार्यक्रम गरिएको छ ।
बुधबार स्थानीय स्काउट देवदहले देवदह ५ मा अवस्थित लोकेश्वर मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरेको हो ।
सरसफाई कार्यक्रममा केरवानी माध्यमिक विद्यालयका स्काउटमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको स्थानीय स्काउट देवदहका आयुक्त विकास गहतराजले जानकारी दिए । 
देशैभरी सिर्जनात्मक कार्यक्रम गरि स्थापना दिवस मनाउने करमा देवदहमा पनि सरसफाई सहितका कार्यक्रम गरिएको स्काउटले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology