Logo

२०८३, आश्विन १२गते


images
images

हावाहुरीले घरमा क्षति पुर्याएका उपभोक्तालाई बुद्ध वनको राहत

हावाहुरीले घरमा क्षति पुर्याएका उपभोक्तालाई बुद्ध वनको राहत

images
  • हावाहुरीले घरमा क्षति पुर्याएका उपभोक्तालाई बुद्ध वनको राहत
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ५ र ६ मा फैलिएको बुद्ध सामुदायिक वनले आफ्ना उपभोक्तालाई राहत दिने निर्णय गरेको छ । बुधबार बसेको उपभोक्ता समूहको बैठकले हावाहहुरीका कारण घरमा क्षति भएका सदस्यलाई सहयोग गर्ने निर्णय गरेको वनका अध्यक्ष टेक बहादुर रानाले जानकारी दिए ।  

    images
    images
    images

    "सामूदायिक वनको एरियाभित्रका उपभोक्ताहरूको घरको टिन हावाहुरीले उडाएको हुँदा उहाँहरूलाई सहयोग गर्ने निर्णय गरेका छौं" अध्यक्ष रानाले भने, "उपभोक्ताको घरमा भएको क्षतिको प्रकृति हेरेर आवश्यकताका आधारमा  कतिपयलाई राहत स्वरूप काठ उपलब्ध गराउने र कतिपयलाई नगद सहयोग गर्ने निर्णय गरेका छौं ।"

    images
    images
    images

    उपभोक्ताहरू फूलमाया गुरुङ, ढकुला बोहोरा, बासुदेव कोइराला, मनकुमारी श्रेष्ठ र देवी पुनलाई नगद र पूर्ण गिरी र झुपे थापालाई राहत स्वरूप काठ उपलब्ध गराउने निर्णय गरिएको वनले जनाएको  छ । 

    images
    images
    images

    देवदह-६ मा वन क्षेत्रभित्र पर्ने गौतम बुद्ध राष्ट्रिय उद्यान  (काष्ठकला पार्क) को समेत व्यवस्थापन र विकासमा काम गर्दै आएको बुद्ध सामुदायिक वनले  सामाजिक कार्यमा सहयाता गर्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध वनको राहत
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।