Logo

२०८३, कार्तिक २८गते


images
images

उद्योगको प्रर्वद्धन र विस्तार गर्न कानुनी जटिलतालाई हटाउँछौं : मन्त्री वस्नेत

उद्योगको प्रर्वद्धन र विस्तार गर्न कानुनी जटिलतालाई हटाउँछौं : मन्त्री वस्नेत

images
  • सेतोमसी सहकर्मी
  • उद्योगको प्रर्वद्धन र विस्तार गर्न कानुनी जटिलतालाई हटाउँछौं : मन्त्री वस्नेत
    images

    नवलपरासी । लुम्बिनी  प्रदेश सरकारका उद्योग पर्यटन तथा सहकारी मन्त्री खड्ग वस्नेतले उद्योगको प्रर्वद्धन र विस्तारका लागि प्रदेश सरकारले कानुनी जटिलतालाई हटाउने  बताएका छन् । उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उद्योग दर्ता, नविकरण विशेष छुट र व्यवस्थापन सहित मन्त्रालय अगाडि बढेको बताए ।

    images
    images
    images

    "उद्योगको प्रर्वद्धन र विस्तारका लागि विद्यमान केही कानुन नै बाधक देखिएका छन्" मन्त्री बस्नेतले भने, "त्यसप्रकारका कानून संशोधन गर्ने र फरक ढंगबाट उद्योग प्रवर्धनमा काम गर्ने गरि प्रदेश सरकार अघि बढेको छ।"

    images
    images
    images

    त्यस्तै युवालाई स्वरोजगार बनाउन नितिगत सुधार गर्दै अगाडि बढेको  र मागको आधारमा तालीम संचालन गर्ने र तालीम प्राप्त व्यक्तिलाई प्रविधि हस्तान्तरण गरि स्वरोजगार बनाउने गरि बजेट निर्माण भएको उनले दावी गरे ।  उद्योग दर्ता घर बाटै गर्न सक्ने व्यवस्था मिलाउन समेत आवश्यक तयारी भइरहेक मन्त्री वस्नेतको भनाई छ ।

    images
    images

    उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षता तथा सचीव तुलसीराम तिवारीको संचालनमा भएको कार्यक्रममा उद्योग बाणिज्य संघका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति महासंघ, बैकर्स संघ, प्याब्सन विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।