Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० विश्वकप

विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित

विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित

images
  • सेतोमसी सहकर्मी
  • विश्वकप सुपर ८ : इंग्ल्याण्डसँग वेस्ट इन्डिज ८ विकेटले पराजित
    images
    images

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ अन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिज इंग्ल्याण्डसँग ८ विकेटले पराजित भएको छ।

    images
    images
    images

    सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य इंग्ल्याण्डले १७.३ ओभरमा मात्र दुई विकेट गुमाएर भेट्टाएको हो। इंग्ल्याण्डका लागि विष्फोटक ब्याटिङ गरेका फिल साल्टले ४७ बलमा ७ चौका र ५ छक्काको मद्तमा  नटआउट ८७ रन बनाए। जोनी बेयरस्टोले नटआउट ४८ रन बनाउँदा पाँच चौका र दुई छक्का हिर्काए। कप्तान जोस बटलर २५ रनमा आउट हुँदा मोइन अलीले १३ रन जोडे इंग्ल्यान्डका ब्याट्सम्यानविरुद्ध कमजोर बलिङ गरेको वेस्ट इन्डिजका लागि आन्द्रे रसेल र रोस्टन चेसले एकएक विकेट लिए।

    images
    images
    images

    टस हारेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ३८ रन बनाए। निकोलस पुरन र कप्तान रोभम्यान पावेलले समान ३६-३६ रन बनाए। सम्हालिएर खेलेका पुरनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे भने आक्रामक ब्याटिङ गरेका पावेलले १७ बलमा ५ छक्का प्रहार गरे। शेर्फेन रदरफोर्डले नटआउट २८ रन बनाएको खेलमा ब्रान्डन राजाले २३ रन हिर्काए।

    images
    images
    images

    इंग्ल्याण्डका लागि जोफ्रा आर्चर, आदिल रशीद, मोइन अली र लियाम लिभिङस्टोनले समान एकएक विकेट हात पारे।यो जितसँगै सुपर ८ को समूह २ मा रहेको इंग्ल्याण्डले दुई अंक जोडेको छ।

    समूह चरणका सबै खेलमा विजयी भएको वेस्ट इन्डिज सुपर ८ को पहिलो खेलमा पराजित भएको हो।

    बुधबार राति भएको समूह २ कै पहिलो खेलमा दक्षिण अफ्रिकाले अमेरिकामाथि शानदार जित निकालेको छ। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १७६ रन बनाउँदा १८ रनको पराजय भोगेको हो।

    सुपर ८ को समूह २ मा दक्षिण अफ्रिका र इंग्ल्याण्डले दुईदुई अंक जोड्दा अमेरिका र वेस्ट इन्डिजले एकएक खेल गुमाएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।