Logo

२०८३, कार्तिक २८गते


images
images

पोखरामा विश्व संगीत दिवस मनाइने

पोखरामा विश्व संगीत दिवस मनाइने

images
  • सेतोमसी सहकर्मी
  • पोखरामा विश्व संगीत दिवस मनाइने
    images

    राजेश पराजुली, पोखरा । पोखरामा विश्व संगीत दिवस मनाइने भएको छ । जुन २१ तारिक अर्थात असार ७ गते शुक्रबारका दिन यो दिवस मनाउन लागिएको हो ।

    images
    images
    images

    यस अवसरमा पोखरास्थित विभिन्न सांगीतिक/वाङ्मयिक संस्थाको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम गरिने कार्यक्रम संयोजक तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था छ ।

    images
    images
    images

    जसमा मुख्य आयोजक तरेली सांस्कृतिक परिवार रहनेछ । सहआयोजकमा हिमाली सांस्कृतिक परिवार, पोखरेली युवा सांस्कृतिक परिवार, संगीत प्रशिक्षण केन्द्र, सप्तरंगी सांस्कृतिक प्रतिष्ठान, अलिमिया लोक वाङ्मय प्रतिष्ठान, भक्ति संगीत प्रतिष्ठान, पोखरेली कलाकार संघ छन् ।

    images
    images

    यसैगरी त्रिवेणी संगीतालय, जोजिजु म्युजिक सेन्टर, कर्णप्रिय संगीतालय, बालन एवं कला प्रतिष्ठान, लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्वहिन्दु महासंघ, सप्तरंगी साहित्य प्रतिष्ठान, झलकमान गन्धर्व सारंगी पाठशाला, धनबहादुर गायक स्मृति प्रतिष्ठान, राष्ट्रिय संगीतकर्मी संघ गण्डकी, आदिम कला केन्द्र, शास्त्रीय संगीत समाज नेपाल गण्डकी र बिटुडी डान्स स्टुडियो पनि सहआयोजकको रुपमा रहने संयोजक गुरुङले जानकारी दिए ।

    सन् १९८२ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलो पटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको छ ।

    अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।

    नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक सदस्य सचिव साहित्यकार तीर्थ श्रेष्ठको परिकल्पनामा २०६० सालमा पहिलो पटक पोखराका संगीत संबद्ध संस्थाद्वारा यो दिवस मनाउन सुरु गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व संगीत दिवस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।