Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० विश्वकप

अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती

अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती

images
  • सेतोमसी सहकर्मी
  • अमेरिकाले वेस्ट इन्डिजलाई दियो १२९ रनको चुनौती
    images
    images

    काठमाडौं । आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा अमेरिकाले वेस्ट इन्डिजलाई १२९ रनको चुनौती दिएको छ।

    images
    images
    images

    टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको हो। एक बल बाँकी हुँदा अमेरिका अलआउट भएको हो।

    images
    images
    images

    अमेरिकाका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। नितिश कुमार २०, मिलिन्द कुमार १९ रनमा आउट हुँदा साल्डी भ्यानले १८ रन बनाए। अली खानले १४ रन बनाउँदा आरोन जोन्स ११ रनमा आउट भए

    images
    images
    images

    वेस्ट इन्डिजका लागि रोस्टन चेस र आन्द्रे रसेलले समान तीनतीन विकेट हात पारे भने अल्जारी जोसेफले दुई विकेट लिँदा गुडाकेश मोतीले एक विकेट लिए।

    विश्वकपको सुपर-८ को समूह-२ मा रहेका आयोजकद्वय अमेरिका र वेस्ट इन्डिज अंकबिहीन छन्। पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले हारेको थियो।

    यो समूहको दक्षिण अफ्रिकाले दुई खेलमा चार अंक जोडिसकेको छ भने इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ। आयोजक र सहआयोजकको यो भिडन्तलाई विश्वकपकै रोचक रुपमा लिइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।