Logo

२०८३, आश्विन १०गते


images
images

टी-२० विश्वकप

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

images
  • सेतोमसी सहकर्मी
  • विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो
    images
    images

    काठमाडौं ।  आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत सुपर ८ को खेलमा अस्ट्रेलियामाथि अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ । आइतबार बिहान भएको खेलमा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले अस्ट्रेलियालाई १९.२ ओभरमा अलआउट गर्दै २१ रनको जित निकालेको हो ।

    images
    images
    images

    सुरुमा ब्याटिङ गरेको अफगानिस्तनका लागि रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले अर्धशतक बनाए। ४९ बल खेलेका गुरबाजले चार-चार चौका र छक्का प्रहार गर्दै ६० रन बनाए। अर्का ओपनर जाद्रानले ४८ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाएका हुन्। उसका लागि करिम जनातले १३ रन जोड्दा मोहम्मद नाबीले नटआउट १० रन बनाए। अफगानिस्तानले पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १४८ रन बनाएको थियो।

    images
    images
    images

    अस्ट्रेलियाका लागि प्याट कमिन्सले तीन विकेट लिँदा एडम जाम्पाले दुई विकेट हात पारेका थिए भने मार्कस स्टोइनिसले एक विकेट लिए।

    images
    images
    images

    अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्य ब्याट्सम्यान चल्न सकेनन्। मिचेल मार्शले १२ रन बनाउँदा मार्कस स्टोइनिसले ११ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    अस्ट्रेलियाविरुद्ध घातक बलिङ गरेका अफगानिस्तानका गुलबदिन नायबले चार विकेट हात पारे। चार ओभर बलिङ गरेका उनले मात्र २० रन दिएर चार विकेट झारेका हुन्। नवीन उल हकले तीन विकेट हात पारे। उनले २० रन दिएर चार ओभर बलिङ गर्दा तीन विकेट हात पारेका हुन्। उसका लागि राशिद खान, अजमातुल्लाह उमरजाई र मोहमद नाभीले एकएक विकेट हात पारे।

    अफगानिस्तानसँगको हारसँगै समूह १ को अस्ट्रेलिया दुई अंकमा सीमित भएको छ। दोस्रो खेलमा पहिलो जित निकालेको अफगानिस्तानलेसमेत दुई अंक जोडेको छ। रनरेटको आधारमा तालिकामा भने अस्ट्रेलिया दोस्रो र अफगानिस्तान तेस्रो स्थानमा छन्। समूह १ मा चार अंकसहित भारत शीर्ष स्थानमा छ भने बंगलादेश अंकबिहीन छ। अब अस्ट्रेलियाले सुपर ८ को अन्तिम खेल सोमबार भारतसँग खेल्दैछ। सेमिफाइनल प्रवेशका लागि अस्ट्रेलियाले भारतलाई पराजित गर्नुपर्ने हुन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।