Logo

२०८३, कार्तिक २८गते


images
images

यस वर्षको रोपाईं महोत्सब फेवाफाँटमा

यस वर्षको रोपाईं महोत्सब फेवाफाँटमा

images
  • सेतोमसी सहकर्मी
  • यस वर्षको रोपाईं महोत्सब फेवाफाँटमा
    images

    राजेश पराजुली पोखरा । पोखराको पर्यटन प्रबद्धन गर्ने उद्देश्यले हुदै आएको रोपाई महोत्सव यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर २३ फेवाफाँटमा हुने भएको छ ।

    images
    images
    images

    पोखरा पर्यटन परिषद्को आयोजनामा करिब दुई दशक अगाडीबाट हुँदै आएको असारे रोपाईं महोत्सब पामे नजिक मार्गी तर्फको फेवा फाँटमा हुन लागेको हो ।

    images
    images
    images

    १९ औं रोपाईं महोत्सब स्थानीय आयोजकको रुपमा मार्गी बगर टोल बिकास संस्था पोखरा– २३ रहेको छ । महोत्सबमा धान रोप्ने सहित विभिन्न प्रतियोगिताहरु र मनोरन्जनात्मक कार्यक्रम हुने छन् ।

    images
    images

    महोत्सबमा हिलो खेल्ने, हिलोमा माछा समात्ने, साउने प्रतियोगिता, रसितान्ने, हिले दौड सहित मनोरञ्जन लिन स्वदेशी र बिदेशी पर्यटकहरुको उल्लेखनीय सहभागिता रहने पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । रोपाइ महोत्सवमा करिब १० हजार भन्दा बढी मानिसले सहभागिता जनाउने उनले बताए ।

    हिले दौड प्रतियोगिता अन्तर्गत स्वदेशी र बिदेशी पर्यटकहरुको महिला र पुरुषका छुट्टाछुट्टै प्रतियोगिता हुने छन् । पोखराको लेकसाइडबाट खहरे हुँदै पामे नजिक पुगेपछि दक्षिण तर्फ लागेपछि फेवाफाँटको मार्गीतर्फ पुगिन्छ ।

    रोपाइ महोत्सव सम्पन्न गर्न पोखरा र्पयटन परिषदका उपाध्यक्ष तारानाथ पहारी संयोजकमा मूल ब्यबस्थापन समिति गठन गरेको छ । समितिको सह–संयोजकमा हरेराम अधिकारी र जीबनराज सापकोटा रहेका छन् । महोत्सबमा गायिका समिक्षा अधिकारी र अन्य लोकप्रिय कलाकारहरुले सांगीतिक प्रस्तुति रहने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोपाईं महोत्सब
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।