देवदह । आज प्रकाशित यस बर्षको एसइइ परिक्षामा देवदह बुद्धपब्लिक इङ्ग्लिस बोर्डिङ हाईस्कूलका छात्र शुभम पन्थले ३.९१ जि.पि.ए प्राप्त गरेका छन् । देवदहका सामुदायिक तथा संस्थागत विद्यालयमा यो नै सबैभन्दा बढि अङ्क रहेको विद्यालयले दावी गरेको छ । बुद्ध पब्लिकबाट ११ जना बिद्यार्थीले ३.६ जिपिए ल्याएको र ५३ जना विद्यार्थी उत्तिर्ण भएको बिद्यालयले जनाएको छ ।
यसैगरि देवदह इङ्ग्लिस बोर्डिङ हाई स्कुल देवदह ७ का निमेश तिमिल्सिना ले ३.९० जिपिए सहित एसइइ उत्तिर्ण गरेका छन् । उनि देवदह द्धितिय भएको बिद्यालयको दावी छ । देवदह बोर्डिग का ७ जना बिद्यार्थीले ३.६ जिपिए भन्दा बढि अंक ल्याएका छन् ।
यसैगरी केरवानी मावि देवदह ४ बाट १ जना ३.६ जिपिए सहित ६६ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
केरवानीबाट प्राबिधिक तर्फ १० जना र साधारण तर्फ ५६ जना बिद्यार्थी उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।
यस्तै सरस्वती मावि राजावारीबाट १५ जना विद्यार्थी उत्तिर्ण भएका छन् । जनता माविबाट १५ जना विद्यार्थीले एसइई उत्तिर्ण गरेका छन् । त्यस्तै ज्ञानज्योती माबि टटेराबाट १८ जना बिद्यार्थीले एसइइ उत्तिर्ण गरेका छन् ।
यता महामाया भवानी माविबाट ४४ जना विद्यार्थी परिक्षामा सम्मितलित भएकोमा २५ जना विद्यार्थी उत्तिर्ण भएका छन् । त्यस्तै खड्ग मावि बिर्ताबाट परिक्षामा सम्मिलित मध्ये ८ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
यता देवदह मावि देवदह ७ बाट परिक्षामा सम्मिलित कुल ७५ बिद्यार्थी मध्ये २७ जना बिद्यार्थी उत्तिर्ण भएका छन् । देवदह माविका सुबोध अर्यालले ३.६१ अंक ल्याएर उत्तिर्ण भएको विद्यालयले जनाएको छ ।
बिभिन्न विद्यालयले आ-आफ्नो परिक्षाफल सर्बजनिक गरिरहेको भएपनि देवदह नगरका सबै बिद्यालयको नतिजा भने प्राप्त हुन सकेको छैन । देवदह नगरपालिकाबाट सामुदायिक तर्फ १३ र संस्थागत बाट १५ गरि कुल २७ वटा बिद्यालयले एसइइ २०८० मा सहभागिता जनाएका थिए ।
देवदहको समग्र नतिजा हेर्दा सन्तोषजनक नदेखिएको नगर शिक्षा अधिकृत परशुराम ढकालले स्वीकार गरे । आफुहरुले जिल्लासंग समन्वय गरेर बिभिन्न बिद्यालयको नतिजा हेर्ने काम गरिरहेको र छिट्टै सबै बिद्यालयको नतिजा सार्बजनिक गर्ने ढकालले बताए ।
यसैबिच माध्यमिक शिक्षा परीक्षा, एसईई २०८० मा नन ग्रेड (अनुत्तीर्ण) हुने विद्यार्थीको संख्या लुम्बिनी प्रदेशमा ६२ प्रतिसत रहेको पाइएको छ ।
लुम्बिनीबाट लुम्बिनी प्रदेशबाट ८० हजार ३ सय २७ विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये ३८ प्रतिशत बिद्यार्थी मात्र उत्तिर्ण भएका छन् । बिहीबार सार्वजनिक नतिजा अनुसार ५९ हजार २ सय २५ विद्यार्थी अनुत्तीर्ण भएका हुन् ।
यसैगरि सुदूरपश्चिम प्रदेश बाट परिक्षामा सामेल भएका मध्ये ३२ प्रतिशत मात्र बिद्यार्थी उत्तिर्ण भएका छन् ।
सुदुरपश्चिमबाट ३६ हजार ५ सय १० जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार सुदूरपश्चिमबाट ४३ हजार ५५६ जना विद्यार्थीले परीक्षा दिएका थिए ।
यस्तै कर्णाली प्रदेशमा २० हजार ३ सय ८० विद्यार्थी अनुत्तीर्ण भएको बोर्डले जनाएको छ । कर्णालीबाट गत चैतमा भएको परीक्षामा ३४ हजार ३५ विद्यार्थी सहभागी भएका थिए । कर्णालिको उत्तिर्ण प्रतिशत ५० रहेको छ ।
यसैगरि मधेश प्रदेशमा ५२ हजार २ सय ८६ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् । मधेशबाट गत चैतमा सम्पन्न परीक्षामा ७९ हजार ४ सय ९२ विद्यार्थी सहभागी भएका थिए ।
एसईई परिक्षामा बागमती प्रदेशका कुल ९९ हजार ८ सय ७२ विद्यार्थीमध्ये ३३ हजार ८ सय ५३ विद्यार्थी अनुत्तीर्ण भएका छन् ।
त्यस्तै कोशी प्रदेशका ७४ हजार ९८८ विद्यार्थी मध्ये ३९ हजार ८९४ विद्यार्थी अनुत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले जनाएको छ । सुदुरपश्मि, लुम्बिनी र कर्णाली बाहेक अन्य प्रदेशबाट भने पचास प्रतिशत भन्दा बढि बिद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।
गत चैतमा भएको परीक्षामा सहभागी कुल ५ लाख ६५ हजार ७८४ विद्यार्थीमध्ये २ लाख ५२ हजार ३१३ विद्यार्थी अनुत्तीर्ण भएका हुन् । दुई विषयमा अनुत्तीर्ण हुने विद्यार्थीले साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने भएका छन् । यो वर्ष १ लाख १४ हजार ८३५ जना विद्यार्थीले पुरक परीक्षा दिन पाउनेछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology